+
+
Shares

कांग्रेस अवरोधपछि स्थगित कर्णाली प्रदेशसभा बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ११ गते ८:३८

११ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित कर्णाली प्रदेशसभाको बैठक बस्ने भएको छ ।

चालू आवको वार्षिक कार्यक्रम (रातो किताब) उपलब्ध नगराएको भन्दै कांग्रेसले असोज २३ र २६ गतेको बैठक अवरोध गरेपछि बैठक स्थगित भएको थियो ।

शनिबार प्रदेशसभा सचिवालयमा बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सरकार र कांग्रेसबीच सहमति जुटेपछि आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको कर्णाली प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

संसद्लाई रातो किताब उपलब्ध गराउने, प्रदेशसभा र सरकारका पदाधिकारीको सेवा सुविधासम्बन्धी विधयेक ल्याउन भइरहेको ढिलाइप्रति मुख्यमन्त्रीले धारणा राख्ने कार्यसूची तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?