Comments Add Comment

१८८ यात्रु बोकेको विमान समुद्रमा खस्यो

जाकार्ता । एक सय ८८ जना यात्रु बोकेर उडेको जहाज समुद्रमा खसेको छ । इन्डोनेसियाको राजधानी जाकार्ताबाट उडे लगत्तै जहाज दुर्घटना भएको हो ।

जहाजका अवशेष र तेल समुद्रको पानीमा तैरिएका फोटोहरु सार्वजनिक भएका छन् । सम्पूर्ण यात्रुहरुको अवस्था अज्ञात छ । तर, यात्रुका आफन्तजनहरुमा भने रुवावासी सुरु भइसकेको छ ।

जहाजमा १७८ जना वयस्क, एक बालक, दुई नवजात शिशु, दुई पाइलट र पाँच जना चालक दलका सदस्यहरु थिए । इन्डोनेसियाको अर्थ मन्त्रालयका २० जना कर्मचारी विमानमा रहेका थिए ।

लायन एयरर्सको जेटी-६१० बिमान पाङकल पिनाङका लागि उडेको थियो । टेक अफ गरेको १३ मिनेटपछि सो जहाज  एयर कन्ट्रोलको सम्पर्कबाट बाहिर गएको थियो । दुर्घटना हुनुअघि पाइलटले जहाजलाई बिमानस्थलमा फर्काउने प्रयास गरेको देखिएको छ ।

‘कोही जिवित छन् कि छैनन् भन्ने हामीले पत्ता लगाउन सकेका छैनौं,’ बिमान कम्पनीले पत्रकार सम्मेलन आयोजना गरेर भनेको छ, ‘प्रार्थना र आशा भने हामीले गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment