+
+
Shares

रुखमा झुण्डिएको अवस्थामा युवतीको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १२ गते ११:३७

१२ कात्तिक, दार्चुला । दार्चुलाको धौलाकोटमा एक महिला रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

व्याँस गाउँपालिका-५ धौलाकोट इजरकी अन्दाजी २५/२६ वर्षीया पुना (पुनी) धामी झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चलाले जानकारी दिएको छ ।

घटनाको जानकारी प्रहरीलाई गराएपछि धौलाकोटबाट प्रहरी सहायक निरीक्षक (असइ) अमिर रावलको प्रहरी टोली खटिएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट पनि बिहानै प्रहरी टोली त्यसतर्फ गएको छ ।

प्रहरी सहायक निरीक्षक हिक्मतबहादुर बोहराको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?