Comments Add Comment

सर्वाङ्ग नग्न सुत्दा के हुन्छ ? यी हुन् सात फाइदा

हुन त अहिले जाडो बढिसकेको छ । यस्तो अवस्थामा हामीलाई न्यानो ओछ्यान चाहिन्छ । कतिपयले सुत्नुअघि लुगा परिवर्तन गर्न पनि जाँगर गर्दैनन् । यस्तो अवस्थामा नग्न भएर सुत्ने कुरा कतिलाई नपच्न सक्छ । तर, यो जाडो वा गर्मीको कुरा होइन । लुगा नलगाई सुत्दा हुने फाइदाका कुरा हुन् ।

तर, हाम्रा सुताईको पोजिसन एवं प्रक्रियाले पनि स्वास्थ्यमा प्रभाव पार्छ । त्यसैले नग्न भएर सुत्नु पनि शारीरिक स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

हो त, प्रत्येक व्यक्ति निरोगी बन्न चाहन्छन् । निरोगी रहन चाहन्छन् । र, त्यही चाहनालाई पूरा गर्न मानिसहरु प्रत्येक दिन नयाँ नयाँ तरीका अपनाउने गर्दछन् । कतिसम्म भने मानिस विना कपडा राती नाङ्गै सुत्न समेत तयार हुन्छन् ।

विना कपडा सुत्नु स्वास्थ्यका लागि लाभदायक छ कि छैन भन्ने विषयमा बेलाबेलामा बहस समेत हुने गरेको छ ।

विना कपडा राती सुत्नाले गहिरो निद्रा पर्ने मात्र होइन, यसले छाला सम्बन्धि समस्या कम गर्नुका साथै  प्रजनन स्वास्थ्य राम्रो बनाउनुका साथै तनाव समेत कम गर्न मद्दत गर्ने विशेषज्ञहरुको भनाई छ ।

अमेरिकाको नेशनल स्पिल फाउण्डेशनका अनुसार एउटा स्वस्थ व्यक्तिलाई सुत्नका लागि ६० देखि ७० फरेनहाइट तापक्रम उपयुक्त मानिन्छ । यस तापक्रममा वातावरण ठन्डा रहन्छ । जसले गर्दा व्यक्तिलाई गहिरो निद्रा पर्ने गर्छ ।

साथै, विना कपडा सुत्नाले शरीरको तापमान आˆनो अनुकुल हुन्छ  । र, आान्तरिक तापमान पनि सन्तुलित रहने गर्छ । जसले गर्दा स्वास्थ्यमा विभिन्न किसिमको  लाभ हुने गर्छ ।

रक्तचाप सन्तुलित राख्छ

विना कपडा सुतेमा शरीरमा रक्तसञ्चार प्रभावकारी रुपमा हुने गर्दछ । जसका कारण शरीरको रक्तचाप नियन्त्रित हुने गर्दछ । त्यतिमात्र हैन, यसले अक्सिटोनिक हर्मोनको मात्रा समेत बडाउँछ जसले तनाव कम गर्नुका साथै स्वास्थ्यमा विभिन्न किसिमको फाइदा पुग्ने गर्दछ ।

छालामा संक्रमण हुनबाट रोक्छ

विना कपडा सुत्दा शरीरमा हावा राम्ररी पास हुने गर्दछ । जसले गर्दा छालाको संक्रमण हुन पाउँदैन ।

निद्रा पर्छ

एउटा स्वस्थ व्यक्तिलाई दिनमा कम्तीमा आठ घण्टाको निद्रा आवश्यक पर्छ । र, विना कपडा सुत्दा शरीर ठन्डा रहनुका साथै शरीरको तापमान नियन्त्रित रहने गर्छ । परिणाम स्वरुप शरीर तात्नबाट जोगिन्छ , र गहिरो निद्रा पर्ने गर्दछ ।

स्मरण शक्ति बढाउँछ

विना कपडा सुत्नु महिला र पुरुष दुवैका लागि उत्तिकै फाइदाजक छ । यसले पसिना आउनबाट रोक्नुका साथै जुन अंगमा बढी पसिना आउँछ, ती अंगहरुमा संक्रमण हुनबाट जोगाउँछ । साथै, स्मरण शक्ति बढाउँछ । किनकी गहिरो निद्राका कारण शरीरमा ग्रोथ हर्मोनको उत्पादन हुन्छ जसले दिमागको वृद्धिविकासमा सहायत प्रदान गर्छ ।

तौल कम गर्छ  

विना कपडा सुत्नाले गहिरो निद्रा पर्दछ । र, तनाव कम गर्दछ । विशेषगरी, विना कपडा सुत्नाले शरीरमा कार्टिसोल हर्मोन कम हुने गर्छ, जसले तौल कम गर्नमा सहायता प्रदान गर्छ ।

आत्मविश्वास जगाउँछ

आत्मविश्वास नै सफलताको जग हो । आत्मविश्वासले मानिसलाई नयाँ  प्रयोग गर्न सिकाउनुका साथै चुनौतीको सामना गर्न आत्मबल प्रदान गर्छ । र विना कपडा सुताईले आाफुलाई आफैसित साक्षातकार गर्न सिकाउँछ । र, जब तपाई आˆनो शरीर देखेर सुखद अनुभुति गर्न थाल्नुहुन्छ, तपाईमा आत्मसम्मान तथा आत्मविश्वास स्वतः जाग्न थाल्छ ।

जीवन सहज बन्छ

जब कपडामा सुत्नु पर्ने तनाव हुँदैन, तब कुनै कुराको तनाव हुँदैन । बरु जविन सहज बन्दै जान्छ ।

कतिसम्म भने न त पाइजामा नै किन्नु पर्ने, न त नाइटीको लागि  नै पैसा खर्च गर्नु पर्ने । धुनु् पर्ने कपडा पनि कम हुन्छ भने लगाउने कपडा कम कम हुने गर्छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment