Comments Add Comment

मनकामना केबलकारमा तीन वटा डब्बा थपियो

१२ कात्तिक, गोरखा । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित मनकामना केवलकारमा तीन वटा डब्बा थप गरिएको छ । बढ्दो यात्रुको चापलाई मध्यनजर गर्दे डब्बा थप गरिएको प्रालिका निर्देशक राजेशबाबु श्रेष्ठले बताए ।

थप डब्बाको सोमबार एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरे । मन्त्री अधिकारीले मनकामना केवलकारले मनकामना र आसपासको क्षेत्रको पर्यटन प्रवर्द्धनमा सघाउ पुगेको बताए ।

पर्यटकीय क्षेत्रमा केवलकार जडान गरे पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने भन्दै प्रत्येक प्रदेशमा एक केवलकार सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । केवलकार संचालनमा ल्याउने स्व. लक्ष्मण बाबु श्रेष्ठको स्मरण गर्दै मन्त्री अधिकारीले केवलकारमा काम गर्ने कर्मचारीको कामको प्रशंसासमेत गरे ।

‘केवलकार संचालन भएको २० बर्ष भयो, अहिले सम्मको सफलताका लागि कर्मचारीहरुको काम र योगदान सह्राहनीय छ,’ उनले भने ।

मन्त्री अधिकारीले मनकामना जिणर्ाेद्धारका कामबाट अरुले पनि पाठ सिक्नुपर्ने बताए । ‘मन्दिर जिणर्ाेद्धारका लागि सरकारले जम्म चार करोड दिएको थियो, बाँकी सबै स्थानीयहरु मिलेर भक्तजनबाट जुटाउनुभयो, यहाबाट अरुले पनि पाठ सिक्नु जरुरी छ,’ उनले भने ।

तीन डब्बा थप भएसँगै केवलकारमा कुल ३४ वटा डब्बा भएका छन् । ‘शुरुमा ३१ वटा डब्बाबाट शुरु गरेका थियौं, अहिले तीन वटा थपियो, अब थप हुदैन यसको क्षमता यति नै हो,’ मनकामना दर्शन प्रालिका निर्देशक श्रेष्ठले भने ।

थप भएका डिब्बाबाट दैनिक एक हजार यात्रुलाइ सेवा दिन सकिने उनले जानकारी दिए । कुल ३४ डब्वाबाट बाषिर्क करिब १५ लाख यात्रुलाई सेवा दिन सकिने प्रालिका नायव महाप्रबन्धक डिएन कायस्थले बताए ।

२०५५ साल मंसिर ८ गतेदेखि विधिवत रुपमा सञ्चालनमा आएको मनकामना केवलकारले आइतबारसम्म एक करोड ३८ लाख १२ हजार ४ सय ८६ यात्रुलाई सेवा दिएको कायस्थले जानकारी दिए ।

आउँदो दुई/तीन बर्षमा देशका केही प्रमुख गन्तव्यमा केवलकार विस्तार गर्ने योजना रहेको प्रालिले जनाएको छ । केवलकार उद्योगको विकासका लागि सरकारले विभिन्न छुट तथा सुविधा दिई सहयोग गर्न प्रालिले मन्त्री अधिकारीलाई आग्रहसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment