+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

आठौं पुष्पलाल स्मृति ब्याडमिन्टन कात्तिक २७ देखि

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १३ गते १६:११

१३ कात्तिक, काठमाडौं । नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघले आठौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता कात्तिक २७ गतेदेखि सुरु गर्ने भएको छ ।

२०६८ सालबाट र्‍याङकिङ प्रतियोगिताबाट सुरु गरिएको प्रतियोगिता आठौं संस्करणसम्म आई पुगेको हो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने प्रतियोगिताामा पुरुष तथा महिला एकल तथा युगल, यु – १७ छात्र तथा छात्रा एकल र भेट्रान्स (४५ बर्ष माथि) जोडी गरी ७ बिधामा प्रतिस्पर्धा हुने संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी गराए ।

प्रतियोगितामा पुरुष/महिला एकलमा शीर्ष तीन स्थान हात पार्नेले मेडल, ट्रफी प्रमाण पत्रका साथै नगद ५० हजार, २५ हजार र १० हजार, युगल तर्फ २०, १० र ५ हजार प्राप्त गर्ने छन् ।

यस्तै यु – १७ तर्फ छात्र तथा छात्रा दुवैतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश १५ हजार, ७ हजार र ५/५ हजार सहित मेडल, प्रमाण पत्र, ट्रफी प्राप्त गर्ने छन् । यसैगरि भेट्रान्स तर्फ बिजयी शिर्ष तीन स्थानकाले मेडल, ट्रफी तथा प्रमाण पत्रका साथै खेलकुद सामाग्री प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?