Comments Add Comment

पैसाले कसरी यौन-जीवन बर्बाद गर्छ ?

हालैसालै भएका केही शोधले देखाउँछ, ‘पैसासँग जोडिएका विषयले मानिसको यौन जीवनलाई प्रभावित गरिरहेको छ ।’

वैवाहिक जीवनलाई सफल र सुखी कसरी बनाउने भन्नेमा धेरैले आफ्नै तरिकाले सोचिरहेका हुन्छन् । यसका लागि हेक्का राख्नुपर्ने चाहि के भने, सम्बन्धलाई पैसाको दबाबबाट कसरी बचाउन सकिन्छ भन्ने बारेमा थाहा पाइराख्नुपर्छ ।

जीवनमा पैसा महत्वपूर्ण छ कि प्रेम भनेर सोध्यौं भने संभवत कसैले पनि झट्ट जवाफ दिन सक्दैनन् । जीवनमा दुवै चीजको आवश्यकता छ । अपरिहार्य पनि ।

भुक्तभोगीहरु भन्छन्, ‘पैसा बिनाको प्रेम कुनैपनि बखत  टुट्न सक्छ ।’ अर्को सत्य के भने, पैसा कमाउने चक्करले पनि प्रेम-सम्बन्ध बिगार्न सक्छ । अमेरिकाको नर्थवेस्टर्न म्युचुअलले गरेको अध्ययन अनुसार वयस्कमा तनाव र दबाबको मुख्य कारण पैसा रहेको तथ्य पत्ता लाग्यो ।

पैसाको सबैभन्दा नकरात्मक प्रभाव उनीहरुको यौन-सम्बन्धमा देख्न पाइन्छ । यो शोधमा संलग्न १० दम्पतीमध्ये चारले पैसाले सम्बन्धमा भाँजो ल्याउने र यसले उनीहरुको सम्बन्ध खराब हुन सक्ने स्विकारे ।

खतरनाक छ पैसा कमाउने लत

यो अध्ययनको प्रमुख शोधकर्ता तथा क्यालिफोर्नियाका क्लिनिकल साइकोलोजिस्ट पालो अल्टोको निश्कर्ष अनुसार मानिसहरु आर्थिक चिन्ता वा भविष्यको बारेमा यति धेरै सोच्छन् कि आफ्नो अगाडि रहेको राम्रो चीजको पनि आनन्द उठाउन सक्दैनन् ।

कैयौपटक धेरै कमाउने लालचमा अफिसमा ढिलोसम्म बस्न बाध्य हुन्छन् र जब घर पुग्छन् त्यतिखेर उनीहरुको मन र शरीर थाकिसकेको हुन्छ । उनीहरुको सबै उर्जा भविष्यको प्लानिङ र ओभरटाइममा चल्छ । यसपछि आफ्नो पार्टनरसँगग पे्रेम र कुराकानी गर्न उनीहरुलाई समय मिल्दैन ।

किनभने काम, पैसा र सेक्स तीनै चीज जीवनका धेरै नै संवेदनशील कुराहरु हुन् । कुनै एक बीना जीवन अपुरो हुन्छ । यी तीनै चीजको बारेमा एकअर्कासँग कुरा गर्न सजिलो हुँदैन ।

यस्तै कैयौं दम्पतीहरु यसबारेमा कुरा गर्न पनि मनपराउँदैनन् । उनीहरुलाई लाग्छ यसबारेमा कुरा गर्नाले आपसी कटुता पैदा हुन्छ । उनीहरु आफ्नो भावनाहरुलाई दबाउन थाल्छन् तर, भित्रभित्रै चिन्ताले उनीहरुलाई खान थाल्छ र यसको सिधा असर बेडरुममा पर्छ ।

उनीहरु बेडरुममा कि त प्यासिभ कि त एग्रेसिभ हुन्छन । त्यस्तै थकानको कारण सेक्स सम्बन्धलाई टार्न खोज्छन् । पार्टनरसँग रिसाउनुको सिधा असर यौनसम्बन्धमा धेरै देखिने प्रमाणहरु पाउन सकिन्छ ।

सम्पन्नताको भूमिका

ग्लोबल सर्वेक्षणहरुले विश्वका धेरै देशका मानिसहरु यस्तो स्थितीबाट जुधिरहेको देखाएका छन् । अनलाईन सर्वेक्षणहरुमा पनि दम्पतीहरुले यदि उनीहरुसँग धेरै पैसा हुँदा वा आर्थिक रुपले सम्पन्न हुँदा उनीहरुको व्यक्तिगत जीवन पनि राम्रो हुने स्विकारेका छन् ।

पुस्तक ‘द बैंक अन योरसेल्फ रिभोलुसन’मा आर्थिक स्तरमा आपसी सम्बन्ध बीच तालमेललाई बुझ्न लेखकले कैयौं जोडीहरुसँग कुराकानी गरे । लगभग ३० प्रतिशत दम्पतीले पैसाको मामिलामा उनीहरु पार्टनरलाई पुरा सत्य नबताउने बताए । किनभने उनीहरुलाई पार्टनरको प्रतिक्रिया के होला भन्ने लाग्छ ।

कैयौंपटक उनीहरु पार्टनरसँग किनमेल लुकाउँछन् वा सामानको मुल्यको बारेमा झुटो बोल्छन् । त्यस्तै पार्टनरलाई नबताई उसको वालेटबाट पैसा निकाल्छन् । लगभग आधा दम्पतिहरुले विवाहभन्दा पहिले यो मामिलामा आपसमा कुनै कुराकानी नगरेको बताएका छन् ।

लगभग ७० प्रतिशत मामिलामा आर्थिक स्थितीहरुको कारणले पनि सम्बन्धमा दरार आउँछ वा वादविवादको स्थिती आँउछ । मानिसहरुले साथमा पैसा भएको भए सायद उनीहरुको यौनजीवन राम्रो हुनसक्ने स्पष्ट बनाएका छन् ।

यौन उर्जा प्रभावकारी बनाउने

रिलेसनसिप कोच किम अनामी आफ्नो ब्लगमा लेख्छिन्, ‘धनी बन्ने सबैभन्दा सजिलो तरिका हो यौनसम्बन्धलाई राम्रो बनाउने ।’

यस्तो लेख्नुको पछाडि उनको तर्क छ, ‘यौन उर्जा व्यक्तिको कि्रयटिभ इनर्जी हो । यसैले नयाँ जीवनको रचना हुन्छ । यौन अभिव्यक्ति र आर्थिक स्थितीको आपसी सम्बन्ध धेरै गहिरो छ ।’

मानिस आफ्नो यौन उर्जासँग जति कम्फर्टेवल हुन्छन् त्यति नै जीवनका अन्य विषयमा पनि सकरात्मक बन्न सक्छन् । किम आफ्नो कोचिङको क्रममा मानिसहरुलाई यदि उनीहरु आर्थिक निराशासँग जुधिरहेका छन् भने आफ्नो यौन जीवनमा ध्यान केन्दि्रत गर्न सल्लाह दिन्छिन् ।

मतलब सेभिङ एकाउन्टले धेरै हदसम्म बेडरुमको माहोललाई तय गर्छ । केही इन्भेष्टमेन्ट एजेन्सी र बैंकका अध्ययनबाट वैवाहिक सम्बन्धमा झगडाको मुख्य कारण पैसा हो भन्ने तथ्य अगाडि आएको छ । यसलाई लिएर किचकिच हुन्छ भने सम्बन्ध राम्रो हुँदैन ।

थोरै बोल्ड बन्नुहोस्

सेक्स र पैसा समाजको दुई जटिल मुद्दा हो । यसमा कुरा गर्न जति जरुरी छ तर व्यवहारमा त्यति नै मुस्किल छ । यसैले यी दुवै कुरामा सबैभन्दा धेरै समस्या र कुण्ठा देखिन्छ ।

दम्पतीहरुले सहज रुपमा कुराकानी गर्न सके भने कैयौं समस्याहरुबाट बच्न सक्छन् । विवाहमा झुट र केही कुरा लुकाउनुको कुनै गुन्जायस हुँदैन । यस्तो हुन थाल्यो भने सम्झनुहोस् समस्याको सुरुवात भइसक्यो ।

जो व्यक्ति नीजि जिन्दगीमा आफ्नो आवश्यकता र इच्छाहरुको बारेमा बोल्न सक्छन् उनीहरु व्यावसायीक जीवनमा पनि आफ्नो कुरा स्पष्ट ढंगले राख्न सक्षम हुन्छ । अर्थात प्रेम र पैसा दुवै चीजमा थोरै बोल्डनेस त चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment