+
+

गुल्मीमा गाँजा सेवन गरी हल्ला गर्ने ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १४ गते १३:३३

१४ कात्तिक, गुल्मी । गुल्मीमा गाँजा सेवन गरी हल्ला गरेको आरोपमा ५ जना पक्राउ परेका छन् ।

रेसुङ्गा नगरपालिका-२ बाख्रेछेडाको एक घरमा गाँजा सेवन गरेर होहल्ला गरेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले बताए । पक्राउ परेका ५ जनालाई बुधवार जिल्ला प्रहरी कार्यालय गुल्मीले सार्बजनिक गरेको हो ।

गाजा सेवन गरेर पक्राउ पर्नेहरु सुनसरी जिल्ला रामधुनी नगरपालिका ८ बस्ने २६ वर्षीय विजय लिम्बु, रेसुङ्गा नगरपालिका-२ गुल्मी बस्ने १९ वर्षीय नवीन बिक, १८ वर्षीय बिबेक गुरुङ, मुसिकोट नगरपालिका ८ बस्ने १९ वर्षीय बिपिन ठकुरी, सोही नगरपालिका-३ का १८ वर्षीय बिशाल रायमाझी रहेको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

पक्राउ पर्नेहरुबाट हरियो गाँजा ८० ग्राम, चरेश जस्तो देखिने धुलो २० ग्राम, पाइलट चुरोघ १० खिल्ली, बिभिन्न रङको ४ थान ग्यास लाइटर, गाजा सेवन गर्न प्रयोग गर्ने चिलिम फिट भएको पलाष्टिकको बोतल १ थान बरामत गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ५ जनालाई जिल्ला अदालत गुल्मीबाट ५ दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?