+
+
Shares

थानकोटबाट पाँच किलो चरेससहित चारजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १४ गते १६:२४

१४ कात्तिक, काठमाडौं । काठमाडौंको थानकोट गुर्जुधाराबाट पाँच केजी चसेससहित चार जना पक्राउ परेका छन् ।

झोलामा राखेर बेच्न हिँडिरहेको अवस्थामा चारै जनालाई सशस्त्र प्रहरी १८ नम्बर गणले नियन्त्रणमा लिएको हो । धादिङ किरानचोक ८ का बुद्ध लोप्चन, राबहादुर लोप्चन, विकास तामाङ र दिनेश तामाङ् पक्राउ परेका हुन् ।

नियन्त्रणमा लिइएका चारै जनालाई बलम्बुमै राखिएको छ । आजै प्रहरीलाई बुझाईने सशस्त्र प्रहरी १८ नम्बर गणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?