+
+
WC Series
लुम्बिनी लायन्स 2025
116/3 (14.5)
VS
३१ बलमा २७ रन आवश्यक
चितवन राइनोज 2025
142/7 (20)
Shares

प्रदेश २ सरकारको सुरक्षा सल्लाहाकारमा पूर्वएआईजी कायस्थ नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १५ गते १६:४४

१५ कात्तिक, जनकपुरधाम । प्रदेश २ सरकारले सुरक्षा सल्लाहकारमा नेपाल प्रहरीका पूर्वएआइजी विजयलाल कायस्थलाई नियुक्त गरेको छ ।

प्रदेश नम्बर २ को सरकारले बिहीबार पूर्वएआइजी कायस्थलाई सल्लाहकारमा नियुक्त गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

मन्त्री यादवको बिशेष प्रस्तावमा मुख्यमन्त्री महोम्मद लालबाबु राउतले बिहीबार कायस्थलाई प्रदेश सरकारको सुरक्षा सल्लाहकार नियुक्त गरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

कायस्थ यसअघि प्रदेश नम्बर २ को प्रदेश प्रहरी कार्यालयमा प्रमुख रहिसकेको र केही महिनाअघि मात्रै अवकाश भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?