+
+

‘मेरो माया कतारमा’मा सोनिका र बर्षाको हट डान्स

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १५ गते २०:४९

पौषको २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चौका दाउ’मा समावेश ‘मेरो माया कतारमा’ बोलको गीत सार्वजनिक भएको छ । पुर्‍नेन्दू झाको निर्देशनमा तयार भएको यो चलचित्रमा कथा र संगीत शम्भुजित बास्कोटाको छ । गीतमा शम्भुजित बास्कोटा र सुमन गुरुङको स्वर, श्रीपुरुष ढकालको शब्द छ ।

चलचित्रको यो गीतमा नायिका बर्षा राउत र कलाकार अजश्र ढुंगाना केमेष्ट्री देख्न सकिन्छ । साथमा, मुख्य कलाकारहरु सन्तोष पन्त, विल्सन विक्रम राई, रविन्द्र झा, तैयब शाहको साथमा मोडल सोनिका केसीको कामुक नृत्य भिडियोमा देखाइएको छ ।

चलचित्रमा दिर्घ गुरुङको छायांकन, बसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन छ । यो चलचित्रलाई कमेडी कथामा तयार पारिएको छ । चलचित्रमा सौर्यजित बास्कोटा र मनोजराज भण्डारीको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?