Comments Add Comment

रेसेपीः मिक्स भेज र ओट्स रोटीको फाइदा, भरपेट खाएर मोटोपन घटाउने काइदा

जमना स्लिमको छ । चाहे स्मार्टफोन होस् वा टेलिभिजन । यस्ता ग्याजेटस् ‘स्लिम’ भएकै काइदा हुन्छ । हामीलाई आफ्नो ज्यान पनि स्लिम नै चाहिएको छ । हेर्दा छरितो, आकर्षक पनि ।

मनलाग्दो खाने, निस्क्रिय बस्ने जीवनशैलीका कारण धेरैको पेट लागेको छ । शरीर भद्दा भएको छ । यस्तो अवस्थामा न लुगा सुहाउँछ, न शरीर छरितो देखिन्छ । अर्कोतिर यसरी बढेको मोटोपनले मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घ रोगको घनचक्करमा फसाउँदैछ ।

त्यसैले अहिले शरीरले ‘हाइ अलर्ट’ जारी गर्नुअघि नै स्लिम हुने तौर-तरिका खोज्न थालिएको छ । यसका लागि कोही जिम धाइरहेका छन्, कोही रामदेवको योग गरिरहेका छन् । यी दुबै तरिका सर्वोत्तम हुन् । तर, अर्काथरी पनि छन्, जो दिनभर निस्क्रिय बस्ने तर स्लिम हुन चाहना राख्ने । उनीहरु योग गर्दैनन्, व्यायाम गर्दैनन्, जिम धाउँदैनन् बरु आफ्नो खानामा कटौती गर्छन् । अर्थात ‘डाइटिङ’ गर्छन् ।

डाइटिङ पनि शारीरिक स्वास्थ्यका लागि आवश्यक एक विधी हो । तर, मोटोपन घटाउनकै लागि गरिने डाइटिङले शरीरमा पोषणको अभाव हुन सक्छ । खाना नखाएर मोटोपन घटाउने चक्करमा आवश्यक पोषणको अभाव हुनसक्छ ।

नखाएर होइन, खाएरै आफुलाई ‘फिट एन्ड फाइन’ राख्न सकिन्छ । तर, कस्तो खाने ? यसमा भने ध्यान दिन जरुरी छ । खाना यस्तो होस्, जो शरीरले डिमान्ड गर्छ । जिब्रोले डिमान्ड गर्ने खाना होइन, शरीरले डिमान्ड गर्ने खाना खानुपर्छ । यस्तो खाना भरपेट खानुहोस्, शरीरमा अतिरिक्त बोसो जम्दैन । न कलेजोलाई भार दिन्छ, न मिर्गौलालाई । बरु पाचन यन्त्रलाई सहज र बलियो बनाउँछ । यहाँ यस्तै परिकारको रेसेपी दिइएको छ । तपाईंले घरमै बनाएर खान सक्नुहुनेछ ।

स्टिम मिक्स भेज र ओट्सको रोटी

मिक्स भेज, जसका लागि तपाईंले मौसमी सागसब्जी रोज्न सक्नुहुनेछ । यद्यपी यी सागसब्जी आपसमा मिल्ने हुनुपर्छ । अर्थात आपसमा विजातिय हुनुहुँदैन ।

भेजलाई बफ्याएर अर्थात स्टिम गरेर तयार गरिन्छ । यसका लागि विद्युतिय स्टिमर आवश्यक हुन्छ । यदी छैन भने, अन्य भाँडा (जस्तै मम पकाउने) मा पनि स्टिम गर्न सकिन्छ । यी दुबै उपलब्ध नभए उसिनेर पनि तयार गर्न सकिन्छ ।

कसरी बनाउने त ?

यसका लागि हामीले मुला, गाजर, सिमी, ब्रोकाउली र साग लिएका छौं । यी सबैलाई करिब एउटै क्युब -बर्गाकार) आकारमा काट्ने । एउटै साइजमा काट्दा त्यो आकर्षक देखिन्छ । साथै एकै समयमा पाक्छ पनि ।

अब सबै सब्जीलाई स्टिमरमा राखेर २५ देृखि ३० मिनेटसम्म स्टिम गर्ने । वा मम पकाउने भाँडामा पनि स्टिम गर्न सकिन्छ ।

मिक्स भेज स्टिम तयार भएपछि एउटा प्लेटमा राख्ने ।

अब अचार तयार गरौं ।

अचारका लागि गोलभेंडा, लसुन, हरियो धनियाँ, नुन र खुर्सानी आवश्यक हुन्छ । सबैलाई पिसेर अचार बनाउने ।

अचार तयार भएपछि ओट्सको रोटी बनाउन सकिन्छ । ओट्स बजारमा पाइन्छ । यसलाई मिक्चरमा राखेर पिठो बनाउने ।

तीन चम्चा ओट्सको पिठो लिने । यसलाई फापरको पिठोमा मिसाउने ।  त्यसमा मसिनोगरी काटेको प्याज मिसाउने । कोरेसो गरेको अदुवा मिसाउने । स्वाद अनुसार नुन राख्ने । अब आधा कप पानीमा मिक्स गर्ने ।

प्यानमा थोरै तेल राख्ने । त्यसमाथि मिक्स ओट्स राखेर रोटी बनाउने । यसरी तयार गरेको स्टिम मिक्स भेज र ओट्सको रोटीलाई बिहानको नास्ता वा साँझको खानामा पनि खान सकिन्छ । यो सुपाच्य र स्वादिलो खाना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment