Comments Add Comment

तिहारलाई लक्षित गर्दै उपत्यकामा अग्नी विपद् सचेतना कार्यक्रम शुरू

१६ कात्तिक, काठमाडौं । तिहारलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा सप्ताहव्यापी अग्नी विपद् सचेतना कार्यक्रम थालिएको छ । काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन समितिको अगुवाईमा तिहारमा बिजुली, पटाका, दियो लगायतबाट हुनसक्ने आगजनीको बारे सचेतना कार्यक्रम थालिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्यले आगो मानव सृजित विपत्ति भएकोले हरेक व्यक्तिले आगोलाई पूर्ण नियन्त्रणमा राख्नुपर्ने बताए ।

आगलागी भएको सूचना आएपछि पनि दमकल ढिलो पुग्ने गरेको तर्फ संकेत गर्दै उनले वडा नम्बर ६ को रामहिटीमा दमकलको अर्को स्टेशन बनाउन लागेको जानकारी दिए ।

सप्ताहव्यापी कार्यक्रममा आगोजन्य व्यवहार, सम्भावित आगलागीका कारण र सल्किएको आगोलाई तत्काल नियन्त्रण गर्न अपनाइने विधिका विषयमा जानकारी दिइने जनाइएको छ ।

कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुरका बारुण यन्त्र कार्यालय, नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीका विपद व्यवस्थापन महाशाखाहरु, नेपाल स्काउट, रेडक्रस, वडास्तरीय विपद व्यवस्थापन समिति तथा स्थानीय सहभागी थिए ।

काठमाडौं उपत्यकामा वर्षेनी तिहारका बेला धेरै आगलागीका घटना हुने गरेको तथ्याकंले देखाउँछ । जुद्ध बारुण यन्त्र कार्यालय काठमाडौंका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा १९४ वटा आगलागीमा दमकलको प्रयोग गरिएको थियो । यसबाहेक अाफ्नै पहलमा नियन्त्रण गरिएका अन्य थुप्रै आगलागीका घटना छन् ।

गएको बर्ष तिहार परेको कार्तिक महिनामा २८ वटा आगलागी भएका थिए । त्यसमा पनि बल्खुमा भएको आगलागी सबैभन्दा ठूलो थियो ।

बारुण यन्त्र कार्यालयका प्रमुख बद्रीमान नगरकोटीका अनुसार दियोबाट सल्किएर भएको उक्त आगलागीमा १५ वटा ग्याँस सिलिण्डर पडि्कएका थिए भने करीव ४० घरमा क्षति पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment