+
+
Shares

एसईईको तयारीका लागि डोल्पाका विद्यार्थीलाई सोलार वितरण

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १६ गते १७:००

१६ कात्तिक, डोल्पा । वैकल्पिक ऊर्जा केन्द्रले डोल्पाका विद्यार्थीहरूलाई सोलार वितरण गरेको छ ।

ठुलीभेरी नगरपालिकामा रहेका सरस्वती माध्यामिक विद्यालय दुनै र आदर्श जुफालमा अध्ययनरत कक्षा ९ र १० का छात्रछात्राहलाई सोलार वितरण गरिएको हो ।

दलित, जनजाति, गरीब, जेहेन्दार, अल्पसंख्यक र पिछडिएका २५० विद्यार्थीलाई एसईईको तयारीका लागि सोलार बितरण गरिएको हो ।

डोल्पाको सदरमुकाममै धेरै लोडसेडिङ हुने गरेको भएकोले विद्यार्थीहरु प्रत्यक्षरुपमा प्रभावित हुने गरेका छन् । त्यसैलाई मध्यनजर गरी परीक्षा नजिकिएकाबेला सोलार वितरण गरिएको हो ।

सोलार अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य योगेन्द्र बुढाले हवाइजहाज चार्टर गरी नेपालगञ्जबाट डोल्पा पुर्‍याएका थिए । बुढाले आगामी दिनमा जिल्लाका सबै माविमा सोलार वितरण गर्ने योजना रहेको जानकारीसमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?