Comments Add Comment

टेलिभिजनमा फर्किए मुन्द्रे, भन्छन्-‘नेपाली मौलिकपन बोकेको शो आउँदैछ’

हाँस्य कलाकार जितु नेपाल टेलिभिजनको दुनियाँमा फर्किएका छन् । जितुले आफैले निर्देशन गरिरहेको ‘जीरे खुर्सानी’ सिरियल अहिले बन्द छ । अब, उनी नेपाल टेलिभिजनमा ‘मुन्द्रेको कमेडी क्लब’ नामक रियालिटी शो मार्फत र्फकन लागेका हुन् ।

यो सिरियल हरेक सोमबार बेलुकी ८ः५० मा नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ । यो रियालिटी शोलाई नेपाली मौलिकपना झल्काउने शैलीमा बनाएको जितुले बताएका छन् । कि इन्टरटेन्मेन्टले यो शोको निर्माण गरेको हो ।
यो शोका लागि अहिलेसम्म दिपकराज गिरी, करिश्मा मानन्धर, केदार घिमिरे, केकी अधिकारी अतिथी बनिसकेका छन् ।

यो शोको अध्यक्षमा दीपाश्री निरौला रहनेछिन् । उनले भनिन्-‘हो, यो कार्यक्रम द कपिल शर्मा शोबाट प्रभावित छ । तर, यसको बिषयवस्तु र प्रस्तुति नेपालीपन झल्कने गरि तयार पारिएको छ । ‘राजाराम पौडेल, राजेन्द्र नेपाल, उमेश राई पनि यो शोको प्रमुख हिस्सा हुनेछन् । दर्शकको माग, शोको व्यापार आदिलाई हेरेर कति भाग लैजाने भन्ने बिषयमा निर्णय गर्ने जितुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment