Comments Add Comment

महिलाको बेवारिस शव भेटियो

१८ कात्तिक, काठमाडौं । देशमा महिला हिंसाका घटनाहरू बढिरहेकै बेला काठमाडाैं जिल्लाकाे चन्द्रागिरि नगरपालिका-२ मा महिलाको शव शंकास्पद अवस्थामा भेटिएको छ । अाइतबार साँझसम्म मृतकको सनाखत हुन सकेको छैन ।

करिब ३/४ हप्ताअघि नै मृत्यु भइसकेको जस्तो देखिने शव भेटिएको महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी कुमारविक्रम थापाले बताए ।

स्थानीयले खबर गरेपछि पुगेको प्रहरी टोलीले शवको मुचुल्का उठाएको छ । महिलाको उमेर ३० वर्षसम्मको हुन सक्ने प्रहरीको अनुमान छ ।

महिलाले नीलो सारी, रातो रङको पेटीकोट र नीलो ब्लाउज लगाएको देखिएको छ । दुबै हातमा नीलो बाला लगाएको र बाँया खुट्टाको गोलीगाँठोमा कालो धागो बाँधेको देखिएको प्रहरीले बताएको छ ।

महिलाको शव छेउमा लेडिज चप्पल पनि भेटिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

घटनास्थलका केही तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment