+
+
Shares

महिलाको बेवारिस शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १८ गते १९:५७

१८ कात्तिक, काठमाडौं । देशमा महिला हिंसाका घटनाहरू बढिरहेकै बेला काठमाडाैं जिल्लाकाे चन्द्रागिरि नगरपालिका-२ मा महिलाको शव शंकास्पद अवस्थामा भेटिएको छ । अाइतबार साँझसम्म मृतकको सनाखत हुन सकेको छैन ।

करिब ३/४ हप्ताअघि नै मृत्यु भइसकेको जस्तो देखिने शव भेटिएको महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी कुमारविक्रम थापाले बताए ।

स्थानीयले खबर गरेपछि पुगेको प्रहरी टोलीले शवको मुचुल्का उठाएको छ । महिलाको उमेर ३० वर्षसम्मको हुन सक्ने प्रहरीको अनुमान छ ।

महिलाले नीलो सारी, रातो रङको पेटीकोट र नीलो ब्लाउज लगाएको देखिएको छ । दुबै हातमा नीलो बाला लगाएको र बाँया खुट्टाको गोलीगाँठोमा कालो धागो बाँधेको देखिएको प्रहरीले बताएको छ ।

महिलाको शव छेउमा लेडिज चप्पल पनि भेटिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

घटनास्थलका केही तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?