Comments Add Comment

क्यान्सर अस्पतालको जग्गामा सिटी हल बनाउन दिँदैनौं : शशांक

१९, कात्तिक, चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले भरतपुर क्यान्सर अस्पतालको जग्गामा महानगरपालिकाललाई सिटी हल बनाउन नदिने बताएका छन् ।

महामन्त्री कोइरालाले क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्नुपर्ने भएकाले जग्गा सिटी हलका लागि दिन नहुने बताएका हुन् । नेपाल प्रेस युनियन चितवनले भरतपुर सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘म प्रचण्ड र केपी ओलीसँग नै कुरा गर्छु, त्यहाँ बनाउनु हुँदैन, अन्यत्र बनाउनुपर्छ ।’

क्यान्सर अस्पताल सञ्चालक समितिले समेत अस्पतालको ७८ विगाहा जग्गामध्ये ५ विगाहा भरतपुर महानगरपालिकालाई सिटी हल बनाउन दिने सम्बन्धमा स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको छ भने, मन्त्रालयबाट फाइल मन्त्रिपरिषद्मा पुगेको छ ।

महामन्त्री कोइरालाले कम्युनिष्टले विकास गर्न नसक्ने टिप्पणी गरे । लामो समय कांग्रेस सत्तामा भएकै बेलामा देशमा विकास भएको महामन्त्री कोइरालाको दावी छ । धेरै सपना नबाड्न महामन्त्री कोइरालाले प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरे ।

महामन्त्री कोइरालाले आगामी मंसिर ५ देखि १० गतेसम्म आयोजना गरिएको कांग्रेसको महासमिति बैठक सर्न सक्ने संकेत गरे । महासमिति बैठकका बारेमा केन्द्रीय समितिमा छलफल नभएको १० दिनजति महासमिति बैठक सर्ने महामन्त्री कोइरालाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment