+
+
Shares

चीनले बनाएको चक्रपथः हेर्दा विदेश नै पुगेजस्तो !

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २० गते १९:५५

२० कात्तिक, काठमाडौं । चक्रपथको कोटेश्वर-कलंकी खण्ड आठ लेनमा विस्तार गर्ने काम अन्तिम चरणमा छ । सडकको निर्माण अन्तिम चरणमा पुग्दै गर्दा यो खण्ड निकै आधुनिक स्वरुपमा देखिएको छ, झट्ट हेर्दा विदेशमा देखिने राजमार्ग जस्तै ।

चीन सरकारको अनुदान सहयोगमा चक्रपथको यो खण्ड विस्तार भएको हो । चक्रपथको कुल लम्बाइ २७ किलोमिटर छ । त्यसमध्ये पहिलो चरणमा १० दशमलव ३९ किलोमिटरको कोटेश्वर-कलंकी खण्ड विस्तारको काम अन्तिम चरणमा पुगेको हो ।

हालसम्म कोटेश्वर, बागडोल र ग्वार्कोमा मात्र आकाशे पुल निर्माण भएको छ । एकान्तकुना, सातदोबाटो र सानेपामा आकाशे पुल बन्न बाँकी नै छ ।

सरकार र चीनको सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडबीच माघ ०७३ सम्ममा उक्त खण्डको विस्तार सक्ने सम्झौता थियो । ३ पुस ०६९ मा भएको सम्झौताअनुसार काम सम्पन्न गर्न भूकम्प र नाकाबन्दी बाधक बने ।

सम्झौताबमोजिम भदौ ०७० देखि मात्र विस्तार थालिएको थियो ।

खसीबजार, मनोहरा र बल्खुका दुई स्थानमा गरी आठ वटा पुल निर्माण गरिएको छ । चक्रपथमा हुने जामलाई कम गर्नका लागि कलंकीमा अण्डर पास बनाइएको छ । अब सडकको अन्तिम चरणको कालोपत्रे पनि सकिनै लागेको छ । यो खण्ड विस्तार भएपछि चक्रपथमा हुने सवारी जामको समस्या घट्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?