Comments Add Comment

कसरी गर्ने घर बसी-बसी सेयर किनबेच ?

२० कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज आजबाट पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा उक्लिएपछि लगानीकर्ताहरु उत्साहित बनेका छन् । अब सेयर किनबेच गर्न ब्रोकर कम्पनीको कार्यालयमा भिड लाग्नुपर्ने बाध्यता हटेको छ ।

अब इन्टरनेटको माध्यमबाट संसारको जुनसुकै स्थानमा रहेका लगानीकर्ताले सेयर खरिद-बिक्री आदेश प्रविष्ट गरी कारोबार गर्न सक्नेछन् । नेपालमा पुँजी बजारको अरूरुअात भएको दुई दशकपछि अनलाइन कारोबार प्रणाली सुरु भएको हो ।

२०५० सालमा नेपाल स्टक एक्सचेन्ज स्थापना भएपछि नियमित सेयर बजार सञ्चालन हुन थालेको थियो । प्रारम्भिक कालमा सदस्य ब्रोकरहरुले चिच्याएर आदेश दर्ता गर्न लगाउने र नेप्सेका कर्मचारीले सेतोपाटीमा उक्त आदेशहरु लेख्ने गर्थे । लामो समयसम्म कागजी ढड्डाबाट नै सेयर कारोबार भइरह्यो । तीन वर्षअघि मात्रै कागजी सेयर प्रमाणपत्रहरुलाई विस्थापित गरिएको हो ।

२०७२ सालदेखि कागजी सेयर प्रमाणपत्रहरुलाई विद्युतिय स्वरुपमा ढालेर कागजरहित कारोबार, राफसाफ तथा फछ्र्यौटको थालनी भयो । आजबाट भने पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली नेप्सेले कार्यान्वयनमा ल्याएको छ ।

कसरी गर्ने कारोवार ?

यस प्रणालीमा कम्पनी सूचीकरण, सदस्य दलाल दर्ता, सुपरीवेक्षण, जोखिम व्यवस्थापन, इनडेक्स व्यवस्थापन, कारोबार सञ्चालन लगायतका कार्यहरु पूर्ण रुपमा स्वचालित हुन्छन् । यसको प्रयोगबाट विद्यमान व्यवस्थाहरु परिवर्तन हुनेछन् ।

यो पनि पढ्नुहोस सेयर कारोबार आजदेखि पूर्ण अनलाइन, अर्थमन्त्रीले गरे उदघाटन

अहिलेसम्म कुनै कम्पनीको सेयर किन्नु वा बेच्नु परे ब्रोकर कार्यालयमै धाउनु पर्ने बाध्यता थियो । अब यो बाध्यता हट्नेछ । अब घरबाटै सेयर किनबेच गर्न सकिन्छ, तर यसका लागि केहि प्रक्रियाहरु भने पुरा गर्नु पर्नेछ ।

लगानीकर्ताहरुले सबैभन्दा पहिले ब्रोकर कार्यालयमा गएर केवाईसी र्फम अध्यावधिक गर्नु पर्ने हुन्छ । र्फममा अनलाइन खाता रोजेकाले स्वंयम् कारोबार गर्न सक्छन् भने अफलाइन खाता भएका लगानीकर्ताहरुले ब्रोकरको माध्यमबाट मात्र कारोबार गर्न सक्छन् ।

ब्रोकरले केवाईसी र्फम रुजु गरी कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा लगानीकर्ताको खाता खोली यूजर नेम र पासवर्ड ई-मेल ठेगानामा पठाउँछ । प्राप्त यूजर नेमअनुसार पासवर्ड रिसेट गरी ब्रोकरले उपलब्ध गराएको कारोबार लिमिट र यूआरएल प्रयोग गरेर लगानीकर्ताले कारोबार गर्न सक्नेछन् ।

यसपूर्व ब्रोकर कार्यालयमा सही ई-मेल ठेगाना र सम्पर्क नम्बर लगानीकर्ताले उपलब्ध गराउनु पर्नेछ । आफ्नो यूजरनेम तथा पासवर्ड सुरक्षित राख्नेतर्फ पनि लगानीकर्ताले ध्यान दिनुपर्छ ।

ब्रोकर कार्यालयले उपलब्ध गराएको यूआरएल इन्टरनेटमा हालेपछि यूजरनेम र पासवर्ड माग्नेछ । पासवर्ड परिवर्तनका लागि त्यहाँ देखिएको फरगट पासवर्ड अप्सनमा क्लिक गर्नुपर्छ । त्यसपछि ईमलेमा एउटा लिंक आउँछ, जसलाई खोलेर पासवर्ड परिवर्तन गर्न सकिनेछ ।

पासवर्ड परिवर्तन भइसकेपछि लग इन गर्दा वान टाईम पासवर्ड विन्डो खुल्नेछ । वान टाइम विन्डोमा ओटीपी कोड हाल्नु पर्ने हुन्छ, जुन ईमेलमा प्राप्त हुन्छ । ओटीपी कोड हालिसकेपछि अनलाइन कारोबार गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment