Comments Add Comment

सोलुको पञ्चनमा जीप दुर्घटना, एकको मृत्यु, ७ घाइते

२० कात्तिक, सोलुखुम्बु । सोलुखुम्बुमा सोलु हाइड्रोकोजीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ७ जना घाइते छन् ।

मृत्यु हुनेमा साबिक पञ्चन गाविस फेदीकी १९ वर्षीय सरिना राई छिन् । नेपाली कांग्रेस पञ्चन इकाइका सभापति राजन दाहालका अनुसार नेलेबाट हाइड्रोको कार्यालय मैकुवेशीतर्फ जाने क्रममा साबिक पञ्चन–३, कोल्मुमा गाडी दुर्घटना भएको हो ।

बा ९ च ९६४७ नम्बरको गाडी सडकबाट करिब ४० मिटर तल खास्दा राईको घटनास्थलमै मृत्यु भएको दाहालले बताए ।

उनका अनुसार घाइते ७ जनालाई उपचारका लागि थाप्लु अस्पतालतर्फ पठाइएको छ । गाडीमा सवार अन्य ४ वेपत्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment