Comments Add Comment

काठमाडौंमा नेपाल संवत नयाँ वर्षको उल्लास (फोटो फिचर)

२२ कात्तिक, काठमाडौं । विहीबारदेखि नेपाल संवतको नयाँ वर्ष ११३९ आरम्भ भएको छ । नेपाल संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् ।

राष्ट्रिय विभूति शफ्धर साख्वाले विसं ९३७ मा गरीब जनताको ऋणमोचन गरेको दिनलाई नेवाल संवतको सुरुवातको दिन मानिन्छ ।

नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धर बताउँछन् ।

काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा नेपाल संवतलाई नयाँ वर्षका रूपमा विशेष तरिकाले मनाउने गरिन्छ ।

आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

नेवार समुदायले ‘भिन्तुना र्‍याली’ निकालेर नयाँ वर्षको स्वागत गर्छन् ।

काठमाडौं उपत्यकामा भक्तपुर, पाटन, कीर्तिपुर, बसन्तपुर परिक्रमा गरी फर्किएको र्‍यालीलाई विभिन्न स्थानमा सगुन दिएर बिशेष स्वागत गरिएको ठमेल किसान क्लबका अध्यक्ष युगेश महर्जनले जानकारी दिए ।

‘अरुतिर भन्दा ठमेलचोकमा यसको उल्लास धेरै हुन्छ, हामीले आगन्तुकललाई एला (नेवारी मदिरा), मासु दिएर स्वागत गर्छौं, दिनभर नाचगानसहित नयाँ वर्षको स्वागतमा जुट्छौं’, उनले भने ।

ठमेलचोक पुग्दा भिन्तुना र्‍याली र सांस्कृतिक कार्यक्रममा विदेशी पर्यटक पनि झुम्दै थिए । आन्तरिक र वाहृय पर्यटकलाई स्थानीय महिलाहरु सगुन दिएर नचाउँदै थिए । नेपाल संवत नयाँ वर्षका अवसरमा नेवार समुदायले पहिचानवादी नेता पद्यरत्न तुलाधरप्रति पनि शोक व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment