+
+
Shares

मिथिलाञ्चलमा भैयादुज पर्व मनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २३ गते ११:१४

२३ कात्तिक, जनकपुरधाम । आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीहरूले मिथिलाञ्चलभर भैयादुज पर्व मनाइरहेका छन् ।

आज एकाबिहानै गाउँ शहरको चौबाटामा गएर विभिन्न लोकगीत र नाचगानका साथ दिदीबहिनीले गाईको गोबर र केराउका दाना (बजरी)लाई ओखलमा कुटेर दाजुभाइको दीर्घायुको कामना गरेका हुन् ।

उनीहरूले ओखलमा गोबरसँगै कुटेको केराउका दाना गोबरबाट झिकेर सफा गरी आ–आफ्ना दाजुभाइलाई मिठाइ, लड्डु वा पेडासँगै बजरी खुवाएका छन् । दिदीबहिनीले “बजरी खैया भैया बजर होइहा, दान नदिहा दरिद्र होइहा” अर्थात् बजरी खाएर अमर बन्नु, दान नदिए दरिद्र बन्नु भन्ने भनाइका साथ दाजुभाइलाई आँगनमा राखेर माला, फूल र चन्दन लगाई बजरी खुवाएर यो  पर्व मनाएका छन् ।

बजरी खाएपछि दाजुभाइले आ–आफ्नो क्षमताअनुसार दिदीबहिनीलाई  सुन, चाँदी, कपडा र अन्य विभिन्न कोशेली र उपहारसमेत दिने गर्दछन् ।

मिथिलाञ्चलमा भैयादुज पर्व निकै उल्लास र खुशीका साथ मनाइन्छ  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?