२५ कात्तिक, काठमाडौं । बैंकिङ क्षेत्रमा निकै लामो बहसको विषय बनेको मर्जर नीति बीमा क्षेत्रमा पनि शुरु हुने भनिए पनि अन्नत बीमा समिति यसबाट तत्कालका लागि ब्याक हुने भएको छ ।
नयाँ बीमा विधयेक संसदमा छलफलकै क्रममा रहेको र उक्त विधयेक हुबहु पारित भए समितिको सञ्चालक समिति नै भंग हुने भएकाले समितिले नयाँ निर्णय नलिने भएको हो ।
आगामी पुस मसान्त पछि पुँजी वृद्धिको समयसीमा सकिने भए पनि त्यस पछि पुनः समितिले पुँजी वृद्धिका लागि समयावधि थप गर्ने योजना बनाएको बीमा समितिका एक उच्च अधिकारीले जानकारी दिए । यदि अर्थमन्त्रीले मर्जनर नीतिका लागि ग्रीन सिग्नल दिएको अवस्थामा भने मर्जरमा लैजान सकिने ति अधिकारीले बताए ।
समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले केहि समय अघिसम्म सार्वजनिक कार्यक्रमहरुमै बीमा कम्पनीहरुमा मर्जर नीति ल्याउने बताउँदै आएका थिए ।
समितिले जीवन बीमा कम्पनीहरुका लागि २ अर्ब रुपैयाँ र निर्जिवन बीमा कम्पनीहरुका लागि १ अर्ब रुपैयाँ गत आर्थिक वर्षको अन्त्यसम्ममा पुर्याउन निर्देशन दिएको थियो ।
तोकिएको समयमा पनि अधिकांश बीमा कम्पनीहरुले पुँजी पुर्याउन नसके पछि बीमा समितिले ६ महिना समयावधि थप गरिदिएको छ । बीमा समितिले थप गरिदिएको समयावधि पनि आगामी पुस महिनामा सकिदैछ । थपिएको समयमा पनि अधिकांश जसो बीमा कम्पनीहरुले पुँजी पुर्याउन सक्ने सम्भावना देखिदैन ।
हाल जीवनतर्फ १८ वटा र निर्जीवन बीमातर्फ २० वटा कम्पनीहरु सञ्चालनमा रहेका छन् । यी मध्ये वटा कम्पनीहरुले मात्रै पुँजी पुर्याएको बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
प्रतिक्रिया 4