Comments Add Comment

बैंक एटिएममा धावा बोल्दै विश्वका खतरनाक ह्याकरहरु

पछिल्ला केही वर्षयता विश्वमा साइबर क्राइमका घटनाहरुमा उल्लेख्य वृद्धि भैरहेको छ । मालवेयर अट्याक, ह्याकिङ्ग जस्ता घटनाहरु आजकल सामान्यजस्ता बनिरहेका छन् र इन्टरनेट प्रयोगकर्ताहरु साइबर अपराधीको निशाना बनिरहेका छन् ।

पछिल्लो समय बैंक एटिएम ह्याकिङ्गका घटना पनि सार्वजनिक भएका छन् । साइबर अपराधीहरुको समूहले एकै समयमा एकैचोटि विश्वका कैयन् देशका एटिएमहरु रित्तो पारिरहेका छन् ।

सेक्योरिटी फर्म सिमेन्टेकको पछिल्लो प्रतिवेदन अनुसार एसिया तथा अफ्रिकामा सबैभन्दा हाइप्रोफाइल तथा खतरनाक साइबल अपराधीको समूहले धेरै देशको एटिएम रित्याइरहेको छ । अहिलेसम्म यो समूहले एटिएमबाट करोडौँ रुपैयाँ रित्याइसकेको छ ।

हालै अमेरिकामा US-CERT डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्योरिटी, डिपार्टमेन्ट अफ ट्रेजरी तथा एफबिआईले एटिएम चोरीका सन्दर्भमा चेतावनी जारी गरेको छ । उक्त चेतावनीमूलक सूचनाका अनुसार विश्वभर एटिएममाथि भैरहेको साइबर हमला पछाडि Hidden Cobra को हात छ ।

सिमेन्टेकका अनुसार अधिकतम एटिएम ह्याकिङ्गका घटनामा Lazarus नामक समूहको हात रहेको छ । उक्त ग्रुपको अमेरिकी कोडनाम Hidden Cobra हो ।

उक्त समूह साइबर क्राइम र जासूसी दुबैका लागि निकै धेरै सक्रिय छ । सुरुवातमा यो समूह जासूसी अपरेशन तथा हाइ प्रोफाइल साइबर आक्रमणका लागि चर्चित थियो । सन् २०१४ मा यो ह्याकर समूहले सोनी पिक्चर्समाथि साइबर हमला गरेको थियो ।

Lazarus को नाम WannaCry नामक फिरौति माग्ने भाइरस सँग पनि जोडिन्छ । उक्त रेनसमवेयरले विभिन्न व्यक्ति तथा बैंक र बित्तिय संस्थाहरुका अकाउन्ट ह्याक गर्ने, पासवर्ड परिवर्तन गर्ने र अकाउन्ट पुनर्स्थापनाका लागि फिरौति माग्ने गर्दछ ।

ीबशबचगक नामक ह्याकर समूहले बंगलादेशको केन्द्रिय  बैंकबाट ८ करोड १० लाख अमेरिक डिलर चोरी गर्नुका साथै सन् २०१७ मा विभिन्न ३० वटा देशका बैंकहरुका एटिएमबाट रकम चोरी गरेको थियो । यो वर्ष सन् २०१८ मा पनि विभिन्न २३ देशका एटिएमबाट रकम चोरी गर्यो यो समूहले । यो समूहले फास्ट क्यास नामक ह्याकिङ अभियान चलाउँदछ । त्यसको उद्देश्य नै बैंकका एटिएम ह्याक गरी रकम चोर्नु हो ।

यसका लागि ह्याकरहरुले बैंकको नेटवर्कमा हमला गर्ने र त्यसपछि एटिएम कारोबार गर्ने एप्लिकेसन सर्भरलाई आफ्नो हातमा लिएर रकम चोर्दछन् । हमलाकारीले अहिलेसम्म AIX अपरेटिंग सिस्टमको अनसपोर्टेड भर्सनमा चल्ने बैंकिङ एप्लिकेसन सर्भर ह्याक गरेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment