+
+
Shares

ग्यास बुलेटको ठक्करबाट धादिङमा दुईजना पैदल यात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २५ गते १३:५७

२५ कात्तिक, काठमाडौं  । धादिङको रोराङ गाउँपालिका-५ मा भारतीय नम्बरको ग्यास बुलेटले ठक्कर दिंदा दुईजना पैदल यात्रीको मृत्यु भएको छ । यूपी७५एजे ५२०८ नम्बरको ग्यास बुलेटको ठक्करबाट सोही गाउँपालिका-५ कि ३५ वर्षीया गीता नेपाली र २१ वर्षीया सुनिता नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग्यास बुलेटले अनियन्त्रित भइ उनीहरुलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका दुवैजनाको गजुरी स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

ग्यास बुलेटको चालक भारतीय नागरिक भोला कुमारलाई धादिङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

पैदल यात्रुलार्इ ठक्कर दिएको ग्यास बुलेट सडकबाट २० मिटर तल खसेको छ । ग्यास लिक भएर आगआगी हुनसक्ने भन्दै घटनास्थल सुरक्षित पारिएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?