Comments Add Comment

बरिष्ठ मुटुरोग विशेषज्ञ मनवहादुर केसी अब हृयाम्स अस्पतालमा

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्रका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनबहादुर केसीले हृयाम्स हस्पिटलमा दिउँसोको समयमा पूर्णकालीन सेवा गर्न थालेका छन् । गंगाललको २० वर्षे सेवा अवधि पूरा गरेर अवकाश पाए लगत्तै केसीले हृयाम्स अस्पतालबाट विरामीको सेवा शुरु गरेका हुन् ।

केसीसँगैटुरोग विशेषज्ञ डा. मुकुन्द शर्मा पनि हृयाम्समा पुगेका छन् । गंगालका पूर्वकार्यकारी निर्देशकद्धय भगवान कोइराला र मनबहादुर केसीसँगै हृयाम्समा नेपालकै बरिष्ठ डाक्टरहरु आवद्ध भएका हृयाम्सका अध्यक्ष रामशरण भण्डारीले बताए । उनका अनुसार नन—इन्भेजिव कार्डियोलोजीमा ख्याति कमाएका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा. दिवाकर शर्माले पनि हृयाम्सबाट सेवा थालेका छन् ।

सि.आर.टी. जस्तो विशेष पेशमेकर राख्ने नेपालका एक मात्र चिकित्सक डा. रोशन राउत, मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीलगायतले मुटु उपचारमा सेवा प्रदान गरिरहेको भण्डारीले बताए ।

वरिष्ठ मुटु रोग विशेषज्ञ मनबहादुर के.सी. मुटु ढुकढुक गर्ने समस्या (कार्डियाक इलेक्ट्रो फिजियोलोजी) को उपचार गर्ने नेपालको पहिलो चिकित्सक हुन् । मुलुकमा यो सेवा शुरु गरेवापत् नेपाल राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले २०६२ सालमा डा. केसीलाई युवा वैज्ञानिक पुरस्कारबाट विभूषित गरेको थियो ।

हाल कार्डियाक इलेक्ट्रोफिजियोलोजी सेवा नेपालमा शहीद गंगालालमा मात्र रहादै आएकोमा निजी क्षेत्रबाट हृयाम्सले पहिलोपटक शुरु गरेको छ ।

देशकै अत्याधुनिक अस्पताल बन्ने महत्वाकांक्षी लक्ष्य सहित पुनस्थार्पित गरिएको हृयाम्स अन्तर्राष्ट्रिय अस्पतालले नाम चलेका अधिकांश विशेषज्ञ डाक्टरहरुलाई एकै ठाउँमा जम्मा गरेको छ । नाम चलेका र प्रतिष्ठित विशेषज्ञ डाक्टरहरुको उपचार एउटै अस्पतालबाट उपलव्ध गराउन खोजिएको उनको भनाइ छ ।

ओम अस्पतालको अध्यक्ष छाडेर बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल पनि हृयाम्स पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment