+
+

चर्चित कमिक पुस्तकका लेखक लीको निधन

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २७ गते ८:३४

२७ कात्तिक, काठमाडौं । अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्वप्रमुख स्टेन लीको निधन भएको छ ।

लीको लस एन्जलसको सिडर सिनई मेडिकल सेन्टरमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

९५ वर्षीय ली पछिल्ला केही वर्षयता निमोनियालगायतका रोगबाट पीडित थिए ।

सन् १९६१ मा मार्भल कमिक्सका लागि दी फ्यान्टास्टिक फोरको रचना गरेपछि ली चर्चामा आएका थिए । लीद्वारा लिखित दी इन्क्रेडिबल हल्क र स्पाइडरम्यान शीर्षकको कमिक पनि उत्तिकै रुचाइएको थियो ।

लीको पाव इन्टरटेन्मेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृतले उनलाई पप संस्कृतिको पिता भन्दै पात्रहरुको ब्रह्माण्ड सर्जक भनेका छन् ।

रोमानियाबाट बसाइँसराइ गरेर अमेरिका पुगेको कामकाजी परिवारमा जन्मिएका ली १८ वर्षको उमेरमा नै कमिक्सका सम्पादक भएका थिए । उनले जीवनको लामो कालखण्ड पश्चिमा युवालक्षित कथाहरुमा आधारित कमिक लेखेर बिताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?