Comments Add Comment

केमियो भूमिकाले वेनिशालाई फाइदा होला ?

२ वटा चलचित्र लगालग असफल भएपछि नायिका बेनिशा हमाललाई नयाँ निर्माताले जोखिम मोल्न चाहेका छैनन् । ‘ब्लाइन्ड रक्स र झ्यानाकुटी’को असफलताले बेनिशाको करिअर नै जोखिम मोडमा पु¥याइदियो । उनै, वेनिशा नयाँ चलचित्रमा देखिएकी छैनन् । उनले नयाँ चलचित्रमा साइन गरेको खबर पनि अहिलेसम्म सुनिएको छैन । सायद, उनको स्टारडममाथि निर्मातालाई विश्वास नभएको हुनसक्छ ।

उनै, वेनिशालाई दर्शकले चलचित्र ‘चङ्गाचेट’मा देख्न पाउनेछन् । तर, उनी चलचित्रको मुख्य भूमिकामा भने होइनन् । चलचित्रमा उनको केमियो भूमिका देखिएको छ । प्रहरीका ठूला हाकिमसँग पैसाकै लागि सम्बन्ध राख्ने एक यूवतीको भूमिकामा उनी देखिएकी छिन् ।

यो चलचित्रका निर्माता माधव वाग्ले र निर्देशक दिपेन्द्र के खनालको चलचित्रमा काम गर्न कलाकारहरु उत्साहित हुन्छन् । सायद, वेनिशाले ठूलो ब्यानरसँग सम्बन्ध जोड्न पनि यो चलचित्रमा केमियो नै भएपनि गरेको हुनुपर्छ ।
हुनत, ठूलो भूमिकामा अफर नआउँदा वेनिशाले सानै भूमिकामा चित्त वुझाएको देखिन्छ । ‘स्वर’ डेब्यू नायिकाले केमियो मै चित्त वुझाउँछिन् या ठूलो भूमिकामा पनि उनलाई निर्माताले पत्याउँछन्, केही समय प्रतिक्षा गर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment