Comments Add Comment

छठ पूजा अमेरिकाको, झझल्को नेपालको (फोटोफिचर)

अमेरिका । अमेरिकामा रहेका नेपालीले उल्लासपूर्वक छठ पर्व मनाएका छन् ।

विगत वर्षहरुमा केही शहरमा मात्रै मनाइने गरेको यो पर्व यस वर्ष  विस्तार भएर विभिन्न शहरहरुमा मनाइएको छ ।

मिथिलाञ्चलमा मात्रै मनाइने भए पनि पछिल्लो समय छठ देशका विभिन्न भागसँगै  नेपाली पुगेका विदेशविदेशी भूमिमा समेत मनाउन थालिएको छ ।

डीसी महानगर क्षेत्रको भर्जिनियाको प्रख्यात शहर स्टरलिङ्गस्थित पोटोम्याक नदीको किनारमा मधेसका विभिन्न जिल्लाबाट अमेरिका आइपुगेका समुदायले नेपालकै झल्को आउने गरी घाट सजाएर छठ मनाएका थिए ।

एसोसिएसन अफ नेपालीज इन तराई इन अमेरिकाका (एन्टा) का अध्यक्ष विजय कुमार सिंह नेपालीहरु अमेरिका आउने क्रम बढेकाले छठ पूजा विभिन्न स्थानमा हुन थालेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment