Comments Add Comment

नेपालका भजिन्द्रबहादुर कोरियन मानार्थ नागरिकताबाट सम्मानित

काठमाडाैं / नेपाल र कोरिया बिच संस्कृति आदान प्रदान एवं सामाजिक र आर्थिक क्षेत्रमा योगदान पुर्‍याएबापत कोरियाको साैल महानगरपालिकाले समाजसेवी भजिन्द्रबहादुर क्षेत्रीलाई मानार्थ कोरियन नागरिकता प्रदान गरेको छ ।

कोरियामा बसोबास गर्ने बिदेशी नागरिकलाई हरेक वर्ष प्रदान गरिने उक्त सम्मानले नेपाल र कोरियाबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दे आएको छ ।

सौलमा आयोजना गरिएको बिशेष समारोहमा क्षेत्रीसहित २२ देशका नागरिकलाई सो मानार्थ नागरिकता प्रदान गरिएको हो । उक्त कार्यक्रममा बोल्दै क्षेत्रीले यो सम्मान कोरियामा रहेका करिब ४० हजार नेपाली र नेपालको सम्मान भएको बताए ।

सम्मानले अझै जिम्मेवारी थपेको र आगामी दिनमा यसको मर्म अनुसार कार्य गर्ने बताउँदै बिकसित मूलुक कोरियाको प्रबिधि र बिकासका उत्कृष्ट नमूना नेपालमा भित्राउने अभियानमा लागि पर्ने बताए ।

नेपालको बाग्लुङ्ग जिल्लामा जन्म भइ बुटवलमा बसोबास गर्दे आभएका क्षेत्री बिगत १४ वर्षदेखि कोरियामा छन् ।  क्षेत्री तेक्वान्दोका राष्ट्रिय खेलाडी र प्रशिक्षकसमेत हुुन् भने सोही क्षेत्रमा नेपाल र अन्तर्राष्ट्रियस्तरमा विभिन्न पदकहरुसमेत जितेका छन् ।

यसअघि २००९ मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तेक्वान्दो खेलको क्षेत्रमा उच्च योगदान पु¥याए बापत उनलार्इ सम्मान गरेका थिए भने २०१२ मा क्युक्वेनका अध्यक्षबाटसमेत उनले उच्च सम्मान पाएका थिए ।

चौथो कोरिया ओपन च्याम्पियसिप २००८ मा द्धितीय स्थान हासिल गरेका उनी बुटवल खेलकुद बिकास समिति, नेपाल कोरिया व्यापारिक एशोसिएसनलगायत दर्जन भन्दा बढी संघ–संस्थाबाट सम्मानित भइसकेका छन् ।

नेपाली कांग्रेसका महासमिति सदस्य, नेपाली जनसम्पर्क समिति कोरियाका सल्लाहकारसमेत रहेका क्षेत्रीले कोरियामा बसोबास गर्ने नेपालीहरुले स्थापना गरेका बिभिन्न संघसंस्थामा बिभिन्न पदमा छन् ।

यस मानार्थ नागरिकताबाट पूर्वसम्मानित एनआरएन कोरियाका पूर्व अध्यक्ष राजु क्षेत्रीले कोरियन सरकारले प्रदान गर्ने यस्ता सम्मानले नेपाल र नेपालीको प्रतिष्ठालाई माथि उठाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरको बताए ।

क्षेत्रीसहित यो मानार्थ नागरिकता पाउने नेपालीको संख्या ७ पुगेको छ । यसअघि केपी सिटौला, देन्जी शेर्पा, राजु क्षेत्री, जुनु गुरुङ्ग र हर्क बहादुर गुरुङ्ग (भीम गुरुङ्ग) र गम्भीरमान श्रेष्ठले मानार्थ नागरिकता प्राप्त गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment