Comments Add Comment

गोरखाको मुन्थला मन्दिर संरक्षणका लागि महोत्सव

२९ कात्तिक, गोरखा । गोरखाको गण्डकी गाउँपालिका-८ बेनीगाउँमा रहेको मुन्थला मन्दिर संरक्षण र प्रवर्द्धनका लागि प्रथम मुन्थला धार्मिक तथा पर्यटन महोत्सव २०७५ आयोजना गरिएको छ ।

परापूर्व कालदेखि वर्षेनी मन्दिरमा हुँदै आएको मुन्थला जात्रालाई थप व्यवस्थित गर्न महोत्सवको आयोजना गरिएको बिहीवार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

मंसिर ५ र ६ गते हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महोत्सव मुल आयोजक समितिका संयोजक भिम श्रेष्ठले बताए ।

महोत्सवमा फूलको डोलीसहित मन्दिर परिक्रमा, म्याराथुन दौड, नृत्य प्रतियोगिता, स्थानीय तथा रितिरिवाज अनुसारको झाँकी प्रर्द्धशनीलगायतका कार्यक्रम रहने उनले जानकारी दिए ।

महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गर्ने तय भएको श्रेष्ठले जानकारी दिए । ‘महोत्सवकै अवसर पारेर वेनिगाउँमा होमस्टे पनि संचालन गर्ने तयारी गरेका छौ,’ उनले भने, ‘अहिले दश घरबाट शुरु गर्छाै, पछि थपिदै जान्छ ।’ उक्त क्षेत्रमा आदिवासी जनजातिको वाहुल्यता रहेको छ ।

महोत्सव गर्नका लागि करिब २२ लाख रकम लाग्ने अनुमान गरिएको छ । सहयोग जुट्ने क्रम जारी रहेको आयोजकले जनाएको छ । महोत्सव अवधिभर बिभिन्न राष्ट्रिय कलाकारहरुको सांगीतिक एवं हास्यव्यंग्य प्रस्तुति रहने श्रेष्ठले बताए ।

महोत्सवले पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment