Comments Add Comment

गगन थापाको आरोप : प्रधानमन्त्रीले नै संविधानमाथि प्रश्न उठाउनुभयो

२९ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओली आफैंले संविधानमाथि प्रश्न उठाउने काम गरिरहेको आरोप लगाएका छन् ।

नेता थापाले मन्त्रिपरिषदको निर्णय सार्वजनिक नगर्ने सरकारको पछिल्लो निर्णय संविधानमाथि प्रश्न उठाउने गरी आएको उल्लेख गर्दै आपत्ति प्रकट गरे ।

नेपाल प्रेस युनियन, राष्ट्रिय समाचार समिति -रासस) प्रतिष्ठान शाखाको तेस्रो अधिवेशनको बिहीबार काठमाडौंमा उद्घाटन गर्दै उनले संविधान कार्यान्वयनका लागि नागरिकको विश्वास आर्जन गर्नुपर्ने बेला प्रधानमन्त्री ओलीका गतिविधि त्यस विपरीत भइरहेको दावीसमेत गरे ।

संविधानको मूल मर्मअनुसार गतिविधि नगरेकै कारण अहिले संविधान विरोधीहरुले खेल्ने ठाउँ पाएको नेता थापाको तर्क छ । उनले कामै गर्न नसकेको भन्दै सरकार र प्रधानमन्त्री ओलीको आलोचना गरे ।

पूर्वमन्त्रीसमेत रहेका भएका थापाले जनताको अपेक्षा अनुसार काम नगर्ने छुट सरकारलाई नरहेको स्पष्टसमेत पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment