+
+
Shares

इस्टाग्राममा नयाँ फिचर, कसरी प्रयोग गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ३० गते ११:४७

फेसबुक स्वामित्वको लोकप्रिय फोटो शेयरिङ एप इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताका लागि Your Activity नामक नयाँ फिचर लञ्च गरेको छ । यस फिचरका माध्यमबाट प्रयोगकर्ताले आफुले इन्स्टाग्राममा कति समय बिताएँ भन्ने कुरा थाहा पाउन सक्नेछन् ।

यो फिचर प्रयोगकर्ताको युजर प्रोफाइल पेजको दायाँतर्फ माथिल्लो कर्नरमा ह्यामबर्गर आइकनको रुपमा रहेको छ । जसमा दिनहुँको टाइम लिमिट सेट गर्ने तथा अस्थायी रुपले नोटिफिकेसन म्यूट गर्ने जस्ता टुल्स पनि दिइएको छ ।

इन्स्टाग्राममा प्रयोगकर्ताले घण्टौँ बिताउँछन् जसको असर प्रयोगकर्ताको मानसिक तथा शारीरिक स्वास्थ्यमा पर्दछ । यसैलाई ध्यानमा राख्दै कम्पनीले गत अगष्ट महिनामा यो फिचरको घोषणा गरेको थियो । अब चाहीँ कम्पनीले उक्त फिचर सुरुवात नै गरेको छ ।

यसरी प्रयोग गर्नुस् इन्स्टाग्राममा यो नयाँ फिचर

१. इन्स्टाग्राम लगइन गर्नुहोस

२. इन्स्टाग्राम एपको सेटिंग्स मेन्यूमा जानुस्

३. त्यसपछि Activity नामक अप्सनमा क्लिक गर्नुहोस्

४. त्यसपछि समयको ग्राफ देख्न सक्नुहुनेछ

५. कुनैपनि बेला त्यहाँ क्लिक गरेर तपाइँले त्यस दिन इन्स्टाग्राममा कति समय बिताउनुभयो भन्ने थाहा पाउनुहुनेछ

६. त्यहाँ दैनिक रिमाइन्डर सेट गर्ने अप्सन पनि उपलब्ध छ

स्मरण रहोस् विश्वको सबैभन्दा ठूलो सोसल मिडिया प्लाटफर्म फेसबुकले पनि यो फिचर लञ्च गर्ने विश्वास गरिएको छ । समाचार अनुसार फेसबुकले प्रयोगकर्ताको एक्टिभिटी ड्यासबोर्डमा यो फिचर थप गर्नेछ जसको नाम योर टाइम अन फेसबुक राखिनेछ ।

एप्पलले यसअघि नै आफ्नो आइओएस प्लाटफर्मका लागि यहीँ खाले फिचर लञ्च गरिसकेको छ । जसलाई स्क्रिन टाइम फिचर भनिन्छ । त्यस्तै गुगलले पनि एन्ड्रोइड नाइनमा डिजिटल वेलनेस नामक फिचर ल्याएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?