Comments Add Comment

तिहार र छठमा ६ जुवाखालमा छापा, ४२ जना पक्राउ

३० कात्तिक मोरङ । तिहार तथा छठ पर्वको दुई साताको अवधिमा प्रहरीले ६ जुवा खालबाट ४२ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले कात्तिक १४ गतेदेखि २५ गतेसम्म जुवा अप्रेसन अन्तर्गत ६ वटा जुवा खालबाट ४२ जना पक्राउ गरेको हो । प्रहरीले जुवा खालबाट जम्मा ८ लाख ८६ हजार ५०१ रुपैया रकम बरामद भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङले कात्तिक १४ गते कानेपोखरी गाउँपालिकामा छापा मारी १० जनालाई नियन्त्रणमा लिएको थियो । कानेपोखरी गाउपालिका १ मा १४ गते राति करिब २ बजे छापा मारेको प्रहरीले ३२ थान कौडासहित १ लाख ८५ हजार ८ सय ४० रुपैयाँ रकम बरामद गरेको थियो ।

कात्तिक १८ गते विराटनगर ७ स्थित कोशी अञ्चल अस्पताल पछाडि पार्किङ स्थलमा तास खेलिरहेका ४ जना र खालबाट २३ हजार ३ ९० रुपैयाँ बरामद गरेको थियो ।

कात्तिक १९ गते विराटनगर महानगरपालिका १६ स्थित गोपाल यादवको घरबाट प्रहरीले ८ जना जुवाडेसहित २८ हजार ३ सय ५६ रुपैयाँ रकम र २ बुक तास बरामद गरेको थियो भने कात्तिक २२ गते सुन्दर हरैचा नगरपालिका १० बाट ४ लाख १५ हजार ४ सय ५५ रुपैयाँसहित १० जना व्यक्तिलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुको साथबाट ३ बुक तास र १५ थान कौडा बरामद भएको थियो ।

प्रहरीले कात्तिक २४ गते राती जहदा गाउपालिका ५ बाट नगद ४३ हजार ३ सय २० रुपैया नगद सहित ३ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले छापा मारेको खालबाट १६ थान कौडा पनि बरामद भएको थियो भने कात्तिक २५ गते बुढीगंगा गाउपालिका १ स्थित चम्पलाल राठीको जुट उद्योगको गोदाम घरभित्र तास खेलिरहेको अवस्थामा नगद १ लाख ९० हजार १ सय ४० रुपैया सहित ५ जना उद्योगी व्यवसायीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment