Comments Add Comment

सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालय नजिकै युवकको शव भेटियो, एकजना पक्राउ

१ मंसिर, धनगढी । कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय नजिकै एक युवकको शव फेला परेको छ । घटनाको अनुसन्धानका लागि एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका १ खानेपानी रोडका अन्दाजी २४-२५ वर्षका विजय थापाको शव फेला परेको हो । प्रदेश प्रमुख कार्यालय नजिकै रहेको कलश होटेलको पछाडिपट्टी थापा मृत फेला परेका हुन् ।

उनको मृत्युको कारण खुलेको छैन । घटना अनुसन्धानका लागि धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीका आशिष क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राति विजयको शव लिएर हिँडिरहेको अवस्थामा स्थानीयले देखेर आशिषलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए । आशिषले विजय छतबाट लडेकाले उपचारका लागि नजिकैको अस्पताल तर्फ लैजान लागेको बताएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment