Comments Add Comment

महात्मा विदुरको प्रेरक विचार, जसले जीवन जिउने कला सिकाउँछ

महात्मा विदुर यस्ता पौराणिक पात्र हुन्, अर्थ कुशल, बुद्धिमान मानिन्छ । उनी महाभारत कालका एक महत्वपूर्ण पात्र हुन् ।  उनको जन्म धृतराष्ट्र एवं पान्डुभन्दा पनि अघि भएको थियो । तर, सबैभन्दा जेठो भएर पनि उनलाई कहिल्यै राजपद हासिल भएन । यस मान सम्मानको अलावा उनलाई कहिल्यै परिवारको अहंम हिस्सा पनि मानिएन । किन ?

किनभने उनी कुनै रानी, महारानीको कोखबाट जन्मिएका थिएनन्, बरु एक दासीका पुत्र थिए ।

महाभारत ग्रन्थ अनुसार विदुरलाई धर्मराजको स्वरुप मानिएको छ । हामीले विभिन्न शास्त्रमा विदुर नीतिको पनि चर्चा सुनेका छौ । त्यही विदुर नीति आज पनि उत्तिकै सान्दर्भिक छ । वर्तमान समाजको लागि त यो मार्गदर्शन बन्छ ।

–     आफ्नो र जगतको कल्याण एवं उन्नती चाहने व्यक्तिले तन्द्र, निद्रा, भय, क्रोध, आलस्य आदि दोष सधैका लागि त्याग्नुपर्छ ।

–     क्षमलाई दोष मान्न हुँदैन, निश्चय नै क्षमा परम बल हो । क्षमा निर्बल मानिसको गुण हो र बलवानको क्षमा भूषण हो ।

–     काम, क्रोध र लोभ यो तीन कुरा दुखको मार्ग हो । यो तीन कुराले आत्मालाई नष्ट गर्छ । त्यसैले यसबाट टाढा रहनुपर्छ ।

–     इष्र्या, अर्कालाई घृणा गर्ने, असन्तुष्ट, क्रोध गर्ने, शंकालु, अरुमा आश्रति यी छ प्रवृत्तिका व्यक्ति सधै दुखी हुन्छन् ।

–     जो पुरुष राम्रो काममा विश्वास गर्दैनन्, गुरुजनमाथि शंका गर्छन् उनीहरु अर्धमी हुन् ।

–     संसारको पाँच सुख हो, धन प्राप्ति, सधै स्वस्थ्य रहनु, वशमा रहने पुत्र, पि्रय बोल्ने श्रीमती र मनोरथ पूर्ण गर्ने विद्या ।

–     राम्रो कर्मलाई अपनाउने, नराम्रो कर्मबाट टाढा रहने, परात्मामा विश्वास राख्ने, श्रद्धालु हुने, यस्तो सद्गुण बुद्धिमानमा हुन्छ ।

–     अल्प मात्रामा धन भएर पनि मूल्यवान वस्तुको अपेक्षा राख्नु र शक्तिहिन भएर क्रोध गर्नु मनुष्यको देहका लागि कष्टदायक छ ।

–     यस्तो पुरुषले अनर्थ झेल्नुपर्दैन, जो आफुमाथि आश्रतिलाई बाँढेर खान्छ । धेरै काम गरेर पनि थोरै सुत्छ ।

–     परस्त्रीको स्पर्श, पर धनको हरण, मित्रको त्याग यो तीन दोष क्रमस काम, लोभ र क्रोधबाट उत्पन्न हुन्छ ।

–     कुनैपनि काम एकदम सोच विचार गरेर गर्नुपर्छ, हतारमा हुँदैन ।

–     जुन काम गरेपछि पछुताउनुपर्छ, त्यस्तो काम किन गर्ने ?

–     जुन व्यक्तिले कर्तव्य, सल्ला र पहिले गरेको निर्णय केवल काम सम्पन्न भइसकेपछि मात्र अरुलाई सुनाउँछ, उही पण्डित हो ।

–    जो अर्काको सौभाग्य, सम्मान, कुशलता, प्रतिष्ठा, सौन्दर्य, कुल र सुखको इर्ष्या गर्छ, उनीहरु सधै दुःखी हुन्छन् । ।

–     बुद्धिमान पुरुष शक्ति अनुसार काम गर्ने इच्छा राख्छ । कुनैपनि कुरालाई तुच्छ सम्झेर अवहेलना गर्दैन ।

–     पिता, माता, अग्नि, आत्मा र गुरु, मानिसले यी पाँच अग्निलाई बडो यत्नले सेवा गर्नुपर्छ ।

–     मन, वचन र कर्मले मानिस जुन विषयमा पटक पटक ध्यान गर्छ, ऊ त्यसमा अरु बढी समर्पित हुन्छन् ।

–     मानिसले कहिले पनि सत्य, दान, कर्मण्यता, अनसूया -गुणमा दोष देख्ने प्रवृत्तिको अभाव), क्षमा तथा धैर्य, यी ६ गुण त्याग गर्नुहुँदैन ।

–     मिठो शब्दमा भनिएको कुराले अनेक किसिमले कल्याण गर्छ, तर कटु कुरा अनर्थको कारण बन्नसक्छ ।

–     व्यक्ति चाहे कुलिन घरानमा जन्मिएको होस् वा निक्रष्ट कुलमा, जो मर्यदाको पालना गर्छ, धर्मअनुसार कार्य गर्छ, जसको स्वभाव कोमल छ, जो लज्जाशील छ, ऊ सैयौं कुलिनभन्दा श्रेष्ठ हुन्छ ।

–     आफ्नो वास्तविक स्वरुपको ज्ञान, उद्योग, दुख सहने शक्ति र धर्ममा स्थिरता, यी गुणले मानिसलाई पुरुषार्थी बनाउँछ ।

–     जो निर्भिक भएर कुरा गर्छ, कुनै विषयमाथि पोख्त हुन्छ, तर्क वितर्कमा कुशल हुन्छ, प्रतिभाशाली हुन्छ र शास्त्रमा लेखिएको कुरालाई चाढै सम्झन सक्छ, उही पण्डित कहलिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment