Comments Add Comment

रणवीरको घरमा दीपिकाको प्रवेश, ५० करोडको अपार्टमेन्टमा बस्ने

इटालीमा १४ र १५ नोभेम्बरमा बिहे गरेका बलिउडका चर्चित जोडी नायक रणवीर सिंह र नायिका दीपिका पादुकोण मुम्बई फर्किएका छन् । इटालीमा सिमित आफन्तको साथमा रणवीर दीपिकाले बिहे गरेका थिए ।

बिहे गरेर उनीहरु आइतबार बिहान मात्रै मुम्बई फर्किएका हुन् । मुम्बई फर्किएपछि दीपिका रणवीरको घरमा प्रवेश गरेकी छिन् । उनीहरुले मिडिया र फ्यानलाई अभिवादन समेत गरेका छन् । सिउँदोमा सिन्दुर लगाएर सजिएकी दीपिका आकर्षक देखिएकी छिन् । उनीहरुले मुम्बई र बैंगलोरमा भव्य भोज दिदैछन् ।

यसैविच, दीपिका र रणवीरले मुम्बइको बान्द्रा इलाकामा ५० करोडको घर किनेको चर्चा समेत भारतीय मिडियामा चलेको छ । उनीहरु, अब उक्त घरमा बस्ने तयारीमा छन् । शान्त र समुन्द्रको समेत दृश्य देखिने घर खोजेको यो जोडीले महंगो रकम तिरेर घर किनेको हो । ५ बर्ष लामो प्रेम सम्बन्धमा रहेपछि यो जोडीले बिहे गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment