Comments Add Comment

भारतीय स्मार्टफोन बजारका यी हुन् ५ टप ब्राण्ड

विश्वको दोश्रो ठूलो स्मार्टफोन बजारको रुपमा रहेको भारतमा चिनिया स्मार्टफोन साओमीले सबैभन्दा धेरै बजार हिस्सा ओगट्न सफल भएको छ ।

इन्टरनेसनल डाटा कर्पोरेसनले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार सन् २०१८ को तेश्रो त्रैमासिकमा भारतीय बजारमा साओमी सबैभन्दा लोकपि्रय ब्राण्डको रुपमा रहेको छ ।

उक्त तीन महिनाको अवधिमा भारतमा ४ करोड ६० लाख स्मार्टफोन बिक्रि भएका छन् । रिपोर्ट अनुसार भारतीय बजारमा सबैभन्दा लोकपि्रय ५ स्मार्टफोन ब्राण्ड यी रहेका छन्ः

१. साओमीः चिनिया स्मार्टफोन निर्माता साओमीले भारतीय स्मार्टफो बजारमा २७.३ प्रतिशत हिस्सा ओगटेको छ । सो अवधिमा कम्पनीले भारतीय बजारमा १ करोड १७ लाख स्मार्टफोन बिक्रि गर्न सफल भएको छ । कम्पनीले गत वर्षभन्दा भारतीय बजारमा २७ प्रतिशतको वृद्धिदर हासिल गर्यो ।

२. दक्षिण कोरियाली स्मार्टफोन निर्माता सामसुङ विश्वमा सबैभन्दा लोकपि्रय स्मार्टफोन ब्राण्डको रुपमा रहेपनि भारतमा चाहीँ दोश्रो स्थानमा परेको छ । यसले भारतीय स्मार्टफोन बजारमा २२.६ प्रतिशत हिस्सा ओगट्दछ ।

३. भिभोः भारतीय स्मार्टफोन बजारमा सबैभन्दा धेरै हिस्सा ओगट्ने ब्राण्डको तेश्रो स्थानमा स्वदेशी ब्राण्ड भिभो रहेको छ । यसले भारतीय बजारमा १०.५ प्रतिशत हिस्सा ओगटेको छ ।

४.माइक्रोम्याक्सः भारतीय बजारमा सबैभन्दा तिव्रगतिमा आफ्नो हिस्सा बढाउँदै लगेको स्थानीय ब्राण्ड माइक्रोम्याक्स चौथो स्थानमा रहेको छ । गत वर्षको तेश्रो त्रैमासिकमा भारतीय बजारमा १७ लाख स्मार्टफोन बेचेको माइक्रोम्याक्सले यो त्रैमासिकमा २९ लाख स्मार्टफोन बेचेको छ ।

५. ओप्पोः चिनिया स्मार्टफोन ओप्पोले भारतीय स्मार्टफोन बजारमा ७.१ प्रतिशत हिस्सा सहित आफुलाई टप फाइभ ब्राण्डको रुपमा कायम राख्न सफल भएको छ । तथापि गत वर्षभन्दा यो पटक ओप्पोको भारतीय बजारमा लोकपि्रयता घटेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment