+
+
Shares

मिरुनाको सुन्दरता

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २ गते १६:३८

नायिका मिरुना मगरलाई अझै पनि दर्शकले राम्रोसँग नोटिस गर्न सकेका छैनन् । नेपाली चलचित्र क्षेत्रमा उनले अझै पनि धेरै काम गर्न बाँकी छ । तर, मिरुना मगरको सुन्दरता र उनको अभिनयको भने प्रशंसा हुन थालेको छ । ‘लालपूर्जा’ डेब्यू नायिकाले दोश्रो चलचित्र ‘रोज’बाट पनि सफलता चाख्न नसकेको प्रष्ट हो । तर, यो चलचित्रका नायक प्रदिप खड्कासँग काम गरेर आफूलाई दर्शकमाझ चिनाउन मद्दत पुगेको मिरुना बताउँछिन् ।

मिरुनाले नयाँ चलचित्र ‘साइनो’मा काम गर्दैछिन् । मिरुनाको मुस्कान र उनको सुन्दरताले दर्शकलाई समेत मोहित बनाएको छ ।  मिरुनाले दर्शकमाझ आफूलाई नोटिस गराउन सकेको खण्डमा उनी लामो रेशको घोडा बन्न सक्ने बिश्लेषण चलचित्र बजारमा हुने गरेको छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?