२ मंसिर, विराटनगर । नेपाली कांग्रेसका तीन कोइरालाले एउटै मञ्चमा उभिएर कांग्रेसको गुमेको शाख फर्काउने दाबी गरेका छन् ।
बीपी पुत्र शंशाक, नोना पुत्र डा. शेखर र गिरिजाप्रसादकी छोरी सुजाता कोइराला एउटै मञ्चमा देखिएका हुन् । गिरिजाप्रसाद कोइराला फाउन्डेशनको प्रदेश–एक कार्यालय उद्घाटनका क्रममा कार्यक्रममा एकताको प्रतीकका रुपमा तीन कोइरालालाई आयोजकले एउटै माला लगाइदिएको थियो ।
कोइरालात्रयले एक ढिक्का भएर कांग्रेसलाई नेतृत्व प्रदान गर्ने दाबी गरेका छन् । महामन्त्री शशांकले कांग्रेस अझै बीपी र गिरिजाप्रसाद कोइरालाकै बाटोमा अगाडि बढ्ने बताए ।
केन्द्रीय सदस्य डा. शेखरले कांग्रेसलाई सशक्त बनाउन कोइरालाहरु एक ठाउँमा उभिएको बताए । कांग्रेसले प्रभावकारी रुपमा प्रतिपक्षको भूमिकासमेत खेल्न नसकेको उनले बताए ।
जीपी फाउन्डेशनकी अध्यक्ष सुजाता कोइरालाले समृद्ध नेपाल निर्माणमा सहयोग गर्न आफूहरु एक भएको बताइन् ।
प्रतिक्रिया 4