+
+
Shares

सिप्रदी र शिखर ईन्श्योरेन्सबीच क्यासलेस ईन्स्याेरेन्स सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २ गते १९:१०

२ मंसिर, काठमाडौं । नेपालका लागि टाटा कम्पनीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग र शिखर ईन्श्योरेन्स कम्पनीबीच क्यासलेस ईन्स्याेरेन्समा सम्झौता भएको छ ।

शिखर ईन्श्योरेन्सको प्रधान कार्यलय शिखर बिजमा भएको एक कार्यक्रममा सिप्रदी ट्रेडिङ्गको तर्फबाट संस्थाको प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ साथै शिखर ईन्स्याेरेन्सको तर्फबाट संस्थाको प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेद्वारा संयुक्त रुपमा हस्ताक्षर भएको छ ।

नेपालमै पहिलोपटक सञ्चालनमा ल्याउन लागेको यस योजना अन्तर्गत टाटा कम्पनीका जुनसुकै मोडलका गाडीहरु दुर्घटना भएको अवस्थामा ग्राहकले सिधै सिप्रदी ट्रेडिङ्गको आफुलाई पाएक पर्नै नेपाल अधिराज्यभरीको कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बिमा दावी गर्न सक्नेछन् ।

ग्राहकहरुलाई सुलभ, छिटो र झन्झट रहित सेवा दिन यस व्यवस्थाले सहयोग पुर्याउने दुवै कम्पनीको दावी छ । यसबाटै आउने दिनहरुमा अन्य बिमा कम्पनीहरुसंग पनि सहकार्य गर्दै धेरै भन्दा धेरै ग्राहकहरुलाई सेवा दिने सिप्रदीको योजना छ ।

उक्त कार्यक्रममा आ-आफ्नो ब्यापार ब्यवसायका बारेमा प्रोग्रेसिभ इन्स्योरेन्स जस्ता विभिन्न नयाँ प्रवृत्ति र प्रयोगहरु बारेमा पनि छलफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?