Comments Add Comment

अब प्रहरीलाई एसएमएसबाटै अपराधको सूचना दिन सकिने

२ मंसिर, काठमाडौं । नेपाल प्रहरीले १३ औं महानगरीय दिवसको अवसरमा प्रहरीले निःशुल्क एसएमएस सेवा प्रारम्भ गरेको छ ।

आइतबार प्रहरी प्रहरी क्लब, भृकुटीमण्डपमा आयोजित एक समारोहका बीच निमित्त प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्कीले एसएमएस सेवाको उद्घाटन गरे ।

सेवा सुरु गरिएसँगै अब नेपाल प्रहरीको नम्बर १०० मा एसएमएस गरेर पनि अपराध सम्बन्धी सूचना दिन सकिनेछ ।

सेवा प्रारम्भ गर्दै कार्कीले निःशुल्क एसएमएस सेवा सुरु गर्न सहयोग गरेको भन्दै नेपाल टेलिकमलाई धन्यवाद ज्ञापन गरे ।

उनले काठमाडौंलाई मेट्रो शहरको रुपमा विकास गर्ने र सेवा सुविधा तथा पूर्वाधार निर्माण गर्ने प्रमुख आधार भनेकै सुरक्षा भएको उल्लेख गर्दै महानगरीय प्रहरीलाई विशेष अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिए ।

महानगरीय प्रहरीलाई प्रविधिमैत्री बनाउने क्रममा सीसी टीभी, जीपीएस, डिजिटल ट्याकिङ प्रणाली र हाम्रो पुलिस एप्स तथा ट्राफिक प्रहरी एप्स प्रयोगमा ल्याइएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment