+
+
Shares

माघमा परमिता र नीताको ‘दि कर्मा’

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ३ गते १२:५३

मंसिर ७ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘दि कर्मा’को प्रदर्शन मिति धकेलिएको छ । काम नसकिएको भन्दै यो चलचित्रलाई अब माघ ४ गते रिलिज गर्ने यसको निर्माणपक्षले तयारी गरेको छ । देवकुमार श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्रले नेपाल र भारतको सिमानामा हुने अपराधिक गतिविधीको कथालाई उठाएको छ ।

जय मिडिया म्यानेजमेन्टको ब्यानरमा बनेको चलचित्रलाई जयराज रायले निर्माण गरेका हुन् । निशा खतिवडा निर्मात्री रहेको चलचित्रलाई नेपालको तराई क्षेत्रमा खिचिएको छ । भारतका मोडल करण बर्माको साथमा नायिका नीता ढुंगाना, परमिता आरएल राणा, वुद्दि तामाङ लगायतका कलाकारको यसमा मुख्य भूमिका छ । सुशिल पोखरेलले यो चलचित्रमा संवाद लेखेका छन् ।

चलचित्रको एक गीत केही समय अघि सार्वजनिक गरिएको थियो, जसले राम्रै चर्चा पाइरहेको छ । माघ ४ गतेलाई ‘गरुड पुराण’ले पनि प्रदर्शन मिति तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?