Comments Add Comment

भू-वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

३ मंसिर, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले भू-विज्ञानसम्बन्धी ज्ञानको आधारमा सडकलगायतका पूर्वाधार निर्माणमा जोड दिएका छन् । त्यसो गर्न सके विगतमा जस्तो प्राकृतिक विपत्तिको सामना गरिरहन नपर्ने उनको भनाइ छ ।

सोमबार काठमाडौंमा आयोजित भू-वैज्ञानिकहरुको अन्तराष्ट्रिय सम्मेलन उदघाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले जटिल भौगोलिक अवस्था रहेको नेपालमा भू-विज्ञानसम्बन्धी ज्ञानको सदुपयोग गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए ।

उपराष्ट्रपति पुनले प्राकृतिक स्रोत, साधनको उपयोग गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा अन्तर्राष्ट्रिय समुदायको सहयोग निरन्तर रहिरहने विश्वास पनि व्यक्त गरे ।

भारत, चीन, अमेरिका, इटालीलगायत ११ देशका १ सय ८० बढी वैज्ञानिकहरु सम्मेलनमा सहभागी छन् । सम्मेलनमा भू-जोखिम न्यूनीकरण, पानीको व्यवस्थापन, खनिज उत्खननलगायतका विषयमा छलफल हुने त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवम् सम्मेलन आयोजक समितिका सहसंयोजक सुबोध ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment