Comments Add Comment

जुगल हिमाल आरोहण खुला गर्न मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगिने

३ मंसिर, सिन्धुपाल्चोक । अहिलेसम्म ‘भर्जिन’ हिमालको रुपमा रहेको सिन्धुपाल्चोकको जुगल हिमालमा आरोहण खुला गर्न मन्त्रिपरिषदको आगामी बैठकमा प्रस्ताव लगिने भएको छ ।

सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सासंद एव पूर्वमन्त्री अग्निप्रसाद सापकोटा र संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री रबिन्द्र अधिकारी बीच सोमबार भएको भेटमा यस्तो सहमति भउको हो ।

जुगल हिमालमा आरोहण खुला गर्नका लागि प्रदेश ३ सरकारले यसअघि नै अनुमति दिइसकेको छ । अब संघीय सरकारको मन्त्रिपरिषदले निर्णय गर्नासाथ जुगल हिमाल आरोहण खुला हुने र यसबाट सिन्धुपाल्चोकलाई पर्यटकीय रुपमा चिनाउन सहन हुने सासंद सापकोटाले बताए ।

सासंद सापकोटा र मन्त्री अधिकारीबीच भएको भेटमा पर्यटकीय रुपमा चर्चित नेपेमाशाललाई जुगल हिमालको आधार शिवीरको रुपमा विकास गर्न पुर्वाधार विकासको लागि वजेट विनियोजन गर्नै पनि सहमति भएको छ ।

र्‍याफटीङ, बञ्जीजम्प, हिमाललगायत पयर्टकहरुलाई आर्कषण गर्नै धेरै पर्यटकीय क्षेत्रहरु सिन्धुपाल्चोकमा भएकाले जिल्लामा पर्यटन कलेज स्थापनाका लागि अध्ययन गरिने पनि मन्त्री अधिकार सँग छलफल भएको सासंद सापकोटाले जानकारी दिए ।

जुगल हिमालका लागि आरोहण खुला गर्न साथ जुगल हिमालमा पहिलो पटक मन्त्री, सासंद, राजनीतिक दलका नेतासहितको टोली आरोहणको तयारीमा जुटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment