Comments Add Comment

रेल र सडकका लागि भौतिक पूर्वाधार मन्त्रालयले माग्यो थप ३२ अर्ब

३ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अर्थ मन्त्रालयलसँग थप ३२ अर्ब रुपैयाँ भन्दा बढी बजेट माग गरेको छ ।

सोमबार बसेको संसदको अर्थसमितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले थप ३२ अर्ब भन्दा बढी रकम माग गरिएको जानकारी दिएका हुन् ।

सडक विभागका लागि २६ अर्ब २५ करोड रुपैयाँ र रेल विभागका लागि ६ अर्ब ६२ करोड थप बजेट माग गरिएको मन्त्री महासेठले समितिमा जानकारी गराए ।

उनले सगरमाथा राजमार्ग, मदन भण्डारी राजमार्गलाई, गल्छी-रसुवागढी, मध्यपहाडी राजमार्ग, काठमाडौं उपत्यका सडक विस्तार, स्थानीय पुलहरु निर्माण गर्नका लागि २६ अर्ब २५ करोड रुपैयाँ र बर्दिबास-निजगढ रेल विस्तारका लागि ६ अर्ब ६२ करोड रुपैयाँ माग गरिएको बताए ।

मन्त्रालयले ठूलो परिमाणमा थप बजेट माग गरि रहदा पनि बजेट खर्च भने गर्न सकेको छैन । मन्त्री महासेठ आफैले आफ्नो मन्त्रालय माताहतको यातायात व्यवस्था विभागको बजेट खर्च शून्य प्रतिशत रहेको बताए ।

यातायात व्यवस्था विभागका लागि विनियोजन भएको ९५ करोड ९ लाख बजेटमा चालु आर्थिक वर्षको ४ महिना सकिदासमेत जम्मा ४ लाख ५३ हजार अर्थात १ प्रतिशत भन्दा तलमात्रै खर्च भएको उनले जानकारी दिए ।

यद्यपि, सबै खर्च हुने प्रक्रियामा रहेका उनले दावी गरे । रेल र सडक भन्दा फरक भएकाले पनि खर्चमा यस विभाग ढिला भएको उनले बताए ।

उनले यस्तो बताइरहँदा सडक विभाग र रेल विभागको बजेट खर्च समेत निराशाजनक देखिएको छ ।  सडक विभागले पनि कात्तिक महिनासम्म १५ दशमलव ७० अर्थातमात्रै खर्च गर्न सकेको थियो ।

यस विभागका लागि ७२ अर्ब ८२ करोड ९३ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । रेल विभागको त अझ ११ प्रतिशतमात्रै बजेट खर्च भएको छ ।

यस विभागका लागि ४ अर्ब ४८ करोड ६९ लाख बजेट विनियोजन भएकोमा ११ प्रतिशत अर्थात ४८ रकोड १० लाख रुपैयाँमात्रै बजेट खर्च भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment