Comments Add Comment

द्वन्द्वपीडितलाई कानून मन्त्रीको आग्रह- १२ वर्ष कुर्नुभो, अब एक-दुई दिन कुर्नुस्

४ मसिर, काठमाडौं । कानूनमन्त्री भानुभक्त ढकालले जघन्य अपराधमा संलग्न जोसुकै र जहाँसुकै भए पनि कारवाही गर्ने बताएका छन् ।

द्वन्द्वपीडितहरुको राष्ट्रिय सम्मेलनलाई मंगलबार बिहान सम्बोधन गर्दै मन्त्री ढकालले द्वन्द्व पीडितको पीडामा मल्हम लगाउने गरी काम गर्ने बताए ।

अझै केही दिन कुर्न पीडितहरुलाई आग्रह गर्दै उनले संक्रमणकालीन न्याय सम्बन्धी समस्या समाधानमा ढिलाइ नहुने दाबी गरे । मन्त्री ढकालले भने, ‘१२ वर्ष कुरियो भने दुई दिन कुर्दा केही फरक पर्दैन । सबैको सहमतिमा पीडामा मल्हम लगाउने काम हुन्छ ।’

देख्नेलाई भन्दा भोग्नेको पीडा फरक हुने बताउँदै उनले पीडितहरुले भोगेको पीडा सरकारले महसुस गरेको बताए । संक्रमणकालीन न्यायमा ढिलाइ भएको विषय उठाएर कतिपयले डलरको खेती पनि सुरु गरेको बताउँदै उनले अब त्यस्तो नहुने दाबी गरे ।

मन्त्री ढकालले भने, ‘यो राज्यको समस्या हो, आन्तरिक रुपमा सरकारले काम गरिरहेको छ । संविधानको मर्मअनुसार टुंगो लगाउँछौं ।’

सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद आगामी माघ २६ गतेसम्म रहेको जानकारी गराउँदै मन्त्री ढकालले तोकिएको समयभित्रै काम हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment