Comments Add Comment

टुँडिखेलमा स्वस्तिमा नाच्ने, सुगमले गाउने

नेपाल रग्बी फेस्टिभल तथा लाइभ म्यूजिक कार्यक्रममा नेपाली सांगीतिक क्षेत्र तथा चलचित्र क्षेत्रका २ दर्जन बढी कलाकारले आफ्नो प्रस्तुति दिने भएका छन् । नेपाल रग्बी एसोसियसनले फेम नेपालको आयोजनामा गर्न लागेको यो कार्यक्रम मंसिर २२ गते शनिबार टुँडिखेलमा हुन्छ ।

सर्वसाधारणका लागि निःशुल्क प्रवेश रहेको यो कार्यक्रममा २५ हजार बढी दर्शकको अपेक्षा रहेन आयोजकले बताएको छ । लाइभ शोमा नायिका स्वस्तिमा खड्का, गायक सुगम पोखरेल, प्रमोद खरेल, आशिष राना, नितेश जंग कुँवर, स्वप्न सुमन, एक्स ब्याण्ड, अभया एण्ड द स्टिम ब्याण्ड, डिजे सुरेन, डिजे कुइन लगायतका २ दर्जनले आफ्नो प्रस्तुति दिनेछन् ।

कलाकार सन्दिप क्षेत्री र भीजे शुभेच्छा खड्काले कार्यक्रम संचालन गर्नेछन् । बिहान १० देखि साँझ ७ बजेसम्म यो कार्यक्रम चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment