+
+
Shares

रोकिएन सेयर बजारमा गिरावट

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ४ गते १६:१६

४ मंसिर, काठमाडौं । सेयर बजार लगातार ओरालो लाग्न थालेको छ । सोमबार करिब ६ अंकको गिरावट आएको सेयर बजारमा मंगलबार ८ दशमलव ५४ अंकले ओरालो लागेको हो । त्यस अघि साताको पहिलो दिन आइतबार पनि दोहोरो अंकले सेयर बजार ओरालो लागेको थियो ।

मंगलबार सेयर बजारमा ८ दशमलव ५४ अंकले ओरालो लाग्दा नेप्से परिसूचक घटेर १ हजार १ सय ८१ दशमलव ६६ मा आइपुगेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकममा समेत निरन्तर ओरालो लागेको छ । सोमबार ३३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएकोमा मंगलबार २१ करोड रुपैयाँको मात्रै कारोबार भएको थियो । मंगलबारसम्म आइपुग्दा कारोबार रकम घटेर १७ करोड ४९ लाख ७९ हजार २ सय ४५ रुपैयाँमा झरेको छ ।

दिनभरमा भएका ३ हजार ५३ कारोबारबाट १ सय ४५ कम्पनीका ५ लाख ६ हजार ६ सय ६९ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

मंगलबार सबैभन्दा धेरै नेपाल बैंकको सेयर किनबेच भएका छनु । नेप्सेका अनुसार नेपाल बैंकको २ करोड ३७ लाख ९९ हजार रुपैयाँको बराबरको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?