४ मंसिर, काठमाडौं । प्रतिनिधिसभाका सांसद हृदयश त्रिपाठीले कृषि विकास मन्त्रालय खारेज गर्न माग गरेका छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद त्रिपाठीले कृषकको कामै नगर्ने कृषि विकास मन्त्रालयको आवश्यकता नरहेको भन्दै खारेज गर्नुपर्ने माग गरेका हुन् ।
मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले कृषि मन्त्रालयको कामै नभएको र यसले तामझामबाहेक अरु केही पनि काम नगरेको आरोप समेत लगाए ।
सय रुपैयाँमा १८ रुपैयाँ कृषकको नाममा खर्च गरेर ८२ रुपैंयाँ कर्मचारीहरुको तामझाममा लगाउने मन्त्रालयको रुपमा सो मन्त्रालयको चित्रणसमेत गरे ।
सांसद त्रिपाठीले कृषि विकास मन्त्रालयका पदाधिकारीनै सबैभन्दा बढि विदेश भ्रमण गर्ने गरिरहेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।
उनले चिनीले उपभोक्तालाई पारेर प्रतिकूल असरबारे ठोस पहल गर्न अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सचेत गराउनुपर्ने आवश्यकता पनि औल्याए ।
प्रतिक्रिया 4